images
images

प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातले डिजिटल भुक्तानी प्रणालीका लागि सहकार्य गर्ने

प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातले डिजिटल भुक्तानी प्रणालीका लागि सहकार्य गर्ने

बुधवार, साउन २ २०८१
बुधवार, साउन २ २०८१
  • प्रभु बैंक र एवन ग्रेटर नेपाल यातायातले डिजिटल भुक्तानी प्रणालीका लागि सहकार्य गर्ने

    पोखरा / प्रभु बैंक लि. र एवन ग्रेटर नेपाल यातायात प्रा.लि.बिच नगदरहित भुक्तानी प्रणालीमा सहकार्य भएको छ । ट्याक्सी व्यवसायीहरूको प्रभु बैंकमा रहेको खाताबाट सहज रूपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोवाइल एप्लिकेशनबाटै प्राप्त गर्न सक्नेछन् ।

    विभिन्न बैंक/वित्त तथा अन्य गेट–वेमार्फत रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा शूल्क भुक्तानी गर्न, सार्वजनिक यातयातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउन बैंक र एवन ग्रेटर नेपाल यातायातबिच आज एक सम्झौता भएको हो ।

    उक्त सम्झौता प्रभु बैंकका गण्डकी प्रदेश, प्रमुख व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचनको विशेष उपस्थितिमा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु राना मगर तथा एवन ग्रेटर नेपाल यातायात प्रा.लि.को तर्फबाट अध्यक्ष अर्जुन पौडेलले हस्ताक्षर गरेका छन् ।  

    विशेषगरी सार्वजनिक यातायातका सेवाग्राहीहरूले ट्याक्सी चालकहरूसँग रहेको प्रभु बैंक लि.द्वारा उपलब्ध गराइएको क्यु आरमार्फत विना झण्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।

    व्यवसायमा आबद्ध २०० भन्दा बढी ट्याक्सी चालकहरूका लागि बैंकको तर्फबाट क्युआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामाग्रीहरू उपलब्ध गराइने कार्यक्रम रहेको बैंकले जनाएको छ । पर्यटकीय राजधानी पोखरामा सञ्चालित सार्वजनिक यातायातमा हुने विद्युतीय प्रणालीबाट सेवाग्राहीहरू तथा ट्याक्सी व्यवसायीहरूसमेत लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

    ग्राहकहरूको रोजाईको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरू, २८६ एटिएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरूलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ ।

    साथै, लण्डन स्थित दि फाइनान्सियल टाइम्सले बैंक अफ दि ईयर–२०२३ बाट सम्मानित प्रभु बैंक, छोटो समयको अन्तरालमा नै फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार