काठमाडौँ / नेपालकै प्रतिष्ठित ब्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सेन्साई ब्राण्डले आउदो गर्मी महिनालाई लक्षित गर्दै विभिन्न किसिमका नयाँ नयाँ मोडलका कुलरहरू नेपाली बजारमा भित्राएको छ ।
‘स्टे कुल स्टे कम्फर्ट’भन्ने नाराका साथ सेन्साईले डेसर्ट, मिनि डेसर्ट, पर्सनल र टावर कुलरहरू विभिन्न मोडल र क्षमताका साथै नया नया आकर्षक विशेषताहरू सहित बजारमा ल्याएको छ ।
यी कुलरहरू अब तपाईहरूले आफ्नै रोजे जस्तो मूल्यमा खोजेको जस्तो कुलरहरू पाउन सक्नु हुनेछ । कम्पनीले यी कुलरहरूमा १२ महिनाको वारेण्टी समेत प्रदान गरेको छ ।
जापनिज प्रविधिबाट निर्र्मित यी कुलरहरूमा ईन्भर्टर कम्प्याटिबल, हनिकम्ब फर इफेक्टिब कुलिङ, कास्टोर हुइल फर इजी मोबिलिटी, ४वे सुइङ डिफ्लेक्सन, आइस च्यामबर, वाटर लेबल ईन्डिकेटर आदि जस्ता आकर्षक विशेषताहरूले भरिपूर्ण छन् ।
इन्भर्टर कम्प्याटिबल भएको कारणले गर्दा यी कुलरहरू बत्ति नभएको बेलामा पनि ईन्भर्टरबाट सजिलै चल्दछ । यिनीहरूमा हनिकम्ब भएकोले एकदमै चिसो दिन्छ । चारैतिर हावा प्रबाह गर्न यसमा ४वे सुइङ डिफ्लेक्सन जस्ता विशेषता पनि जडान गरिएको छ । कुलरलाई एक ठाउबाट अर्को ठाउमा लैजानलाई यसमा कास्टोर हुइल राखिएको छ ।
वाटर लेबल ईन्डिकेटको मार्फतबाट कुलरमा कति पानी छ भन्ने सजिलै थाहा पाउन सकिन्छ ।
त्यस्तै, अझै धेरै चिसोको लागि यसमा आइस च्यामबर पनि राखिएको छ । यी कुलरहरूले ५००० m3/hr सम्म हावा प्रवाह गर्ने हुनाले यसले तपाईहरूलाई थोरै समयमा नै कुल बनाउछ ।
चौधरी ग्रुप अन्र्तगत सि जी इलेक्टो«निक्स् डिभिजनमा नेपालकै एकमात्र आधिकारिक बिक्रेताको रूपमा ई.ओ.एल. प्राइभेट कम्पनि मार्फत सेन्साईका कुलरहरू बिक्री वितरण भइरहेको छ ।