images
images

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको शेयर बिक्रीमा, संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउने

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको शेयर बिक्रीमा, संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउने

बिहिवार, साउन ३ २०८१
बिहिवार, साउन ३ २०८१
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको शेयर बिक्रीमा, संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउने

    काठमाडौँ / नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको सवा ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ३ लाख २८ हजार ९८० कित्ता शेयर बिक्रीमा राखिएको हो।

    हाललाई यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ।

    इच्छुक संस्थापक शेयरधनीहरुले के–कति रकममा खरिद गर्ने हो सोसमेत खुलाई काठमाडौंको लाजिम्पाटस्थित शाखा कार्यालयमा निवेदन दिन सक्नेछन्।

    तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार