images
images

नेशनल लघुवित्तले एफपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ

नेशनल लघुवित्तले एफपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ

बिहिवार, साउन ३ २०८१
बिहिवार, साउन ३ २०८१
  • नेशनल लघुवित्तले एफपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ

    काठमाडौँ / नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले फर्दर पब्लिक ईस्यु (एफपीओ) निष्कासन गर्ने भएको छ । 

    संस्थाले  संस्थापक र सर्वसाधारणको सेयर पूँजीको अनुपात ७० प्रतिशत र ३० प्रतिशत कायम गर्न आर्थिक वर्ष २०७९/८० को बोनस सेयर वितरणपश्चात् कायम हुने संस्थापक र सर्वसाधारण सेयर पूँँजीको अनुपात मिलान गर्दा नपुग भएको सर्वसाधारण तर्फको जम्मा ६ लाख ६९ हजार ९००.२७ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । 

    संस्थाले एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

    सो सम्झौतापत्रमा नेशनल लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव र आरबिबि मर्चेन्ट बैंकिङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

    संस्थाको गत चैत १६ गते सम्पन्न १० औं वार्षिक साधारणले हकप्रद निष्कासनको प्रस्ताव पारित गरेको थियो ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार