images
images

५९.६८ अङ्कले बढेको बजारमा यी हुन् १० प्रतिशत मूल्य बढेका कम्पनी

५९.६८ अङ्कले बढेको बजारमा यी हुन् १० प्रतिशत मूल्य बढेका कम्पनी

बिहिवार, साउन ३ २०८१
बिहिवार, साउन ३ २०८१
  • ५९.६८ अङ्कले बढेको बजारमा यी हुन् १० प्रतिशत मूल्य बढेका कम्पनी

    काठमाडौँ / साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा १५ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

    यो कारोबार रकम ३५ महिना अर्थात् भदौ २०७८ यताकै उच्च हो । अघिल्लो दिन १२ अर्ब ५ करोडको कारोबार भएको थियो ।

    आज नेप्से परिसूचक ५९.६८ अङ्कले बढेर दुई हजार ४२४ को विन्दुमा कायम भएको छ । आज १४३ कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ कम्पनीको शेयर मूल्य घटेको छ तर, चार कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । 

    आज ३१२ कम्पनीको ३ करोड ९९ लाख ३८ हजार २३७ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ५४ करोड माथिको शेयर कारोबार भएको छ । 

    यी हुन् १० प्रतिशत मूल्य बढेका कम्पनी

    आज सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, आँखुलोला जलविद्युत, नेपाल फाइनान्स,उपकार लघुवित्त र थ्री स्टार हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी पाँच कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार