images
images

लगानीकर्ताको अस्थिर मानसिकताले लयमा नफर्किएको हो बजार ?

लगानीकर्ताको अस्थिर मानसिकताले लयमा नफर्किएको हो बजार ?

नियामकको सक्रियताले पनि शेयर बजारमा सुधार शेयरलाई लय दिन सकिको छैन । तीन हजार विन्दुसम्म पुगिसकेको बजार पुनः घटेर २७ सयमा नै झरेको छ ।

बिहिवार, भदौ २० २०८१
बिहिवार, भदौ २० २०८१
  • लगानीकर्ताको अस्थिर मानसिकताले लयमा नफर्किएको हो बजार ?

    काठमाडौँ / यो साताका शेयर बजार लगानीकर्ताका लागि निराशजनक बनेको छ । साताका पाँच कारोबारमा तीन दिन परिसूचक राताम्य भएको छ भने दुई दिन मात्रै हरियाली छाएको देखिएको हो । 

    नयाँ गठबन्धनको सरकार बनेपछि बजारमा केही समय उत्साह छाएको थियो । तर, त्यस रौनकता धेरै दिनसम्म भने टिक्न सकेन । 

    नियामकको सक्रियताले पनि शेयर बजारमा सुधार शेयरलाई लय दिन सकिको छैन । तीन हजार विन्दुसम्म पुगिसकेको बजार पुनः घटेर २७ सयमा नै झरेको छ । 

    शेयर बजारमा नाफा बुक गर्नेहरूको हाबी हुँदा नेप्से परिसूचकमा उतारचढाव देखिएको छ । 
    आत्तिनु पर्दैन, केही समयका लागि बजार तल्लो बिन्दुमा आयो अब तल जाने शेयर बजारका विश्लेषक केशव कोइरालाले बताए । 

    “शेयर बजारमा लगानीकर्ताहरू अपोजिट छन् । बढ्न थालेपछि बढ्छ भनेर हौसिएर किन्न थाल्छन् र घट्न थालेपछि अब घट्छ भनेर होपलेस भएर सस्तोमा सेल गर्न थाल्छन् । त्यस्तैले शेयर बजारमा उतारचढाव आउनु स्वभाविक हो, आत्तिनु पर्दैन,” उनले भने । 

    दिर्घकालिन लगानीकर्ताहरू नगन्य मात्रामा रहेका विश्लेषक कोइरालाले बताए । अहिले बजारमा उनीहरूको अभाव खड्किएको छ । दिर्घकालिन लगानीकर्ताहरू बिना बजार चलायमान हुन नसक्ने उनको भनाई छ । 

    बुलिस यात्रामा जाला नेप्से ?

    शेयर बजारमा परिसूचक बढेपछि घट्छ र घटेपटि बढ्छ भन्ने सत्य हो । तर कतिसम्म बढ्छ वा घट्छ र कहिलेसम्म बढ्छ र घट्छ भन्ने चाँही अनुमान गर्न सकिदैछ । 

    बजारमा केही समय नाफा बुक गर्नेहरू हाबी हुँदा वियर्स ट्रेन्डमा गएको भए पनि अब बुलिस यात्रामा जाने विश्लेषक कोइरालाको दावी छ । बुलिस बजारमा पनि नेप्से परिसूचक केही समय तलमाथि जानु स्वभाविक रहेको उनले बताए । तर, धेरै समय बजार अस्थिर रहने नदेखिएको उनको भनाई छ । 

    कस्तो रह्यो साताको सेयर बजार ? 

    नेप्से परिसूचक : गत आइतबार नेप्से परिसूचक १.९५ प्रतिशत घटेर २६९५.९३ बिन्दुमा झ‍र्यो । उक्त दिन परिसूचक ५३.६३ विन्दुले घटेको थियो । सोमबार भने शेयर बजारमा सामान्य उत्साह छायो । उक्त दिन परिसूचक ४.७२ प्रतिशत अर्थात १२७.३२ अङ्क बढेर २ हजार ८२३.२५ विन्दुमा पुग्यो । 

    त्यसपछि तीव्र उतारचढावकाबीच मंगलबार परिसूचक ६.९० अङ्कले बढेर २८३०.१६ विन्दुमा बन्द भएको थियो । बुधबार भने बजार उच्च अङ्कले घट्यो । यस दिन परिसूचक ३.२० प्रतिशत अर्थात ९०.७३ अङ्क घटेर २७३९ अङ्कमा कायम भयो । यस्तै, आज बिहिबार भने परिसूचक ०.४४ प्रतिशत अर्थात १२.१० अङ्क घटेर २७२७.६ को विन्दुमा पुगेर बन्द हुन पुग्यो । 

    कारोबार रकम : पछिल्ला दिनमा कारोबार रकम भने सुस्त भएको छ । बजार घटिरहँदा लगानीकर्ताको सक्रियता कम भएकोले पनि कारोबार केही घटेको जानकारहरू बताउँछन् । बिहीबार ३१६ धितोपत्रको दुई करोड एक लाख ५३ हजार ९९३ कित्ता सेयर एक लाख १२ हजार ६९२ पटकमा ९ अर्ब ६५ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

    बुधबार पनि परिसूचक घटेसँगै कारोबार रकम पनि केही घटेको थियो । बुधबार दिनभरिमा ३२० कम्पनीको २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ९२ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    मंगलबार मंगलबार ३२८ वटा धितोपत्रको तीन करोड ५ लाख ९९ हजार ८९० कित्ता सेयर किनबेच हुदाँ १३ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भयो । सोमबार भने ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर १ लाख ६० हजार ५७९ पटकमा १३ अर्ब १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । यस्तै, गत आइतबार भने २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता सेयर १ लाख ३० हजार ६३२  पटकमा १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    सेयर मूल्यमा वृद्धि : बिहीबार कारोबारमा आएका धितोपत्रमध्ये आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो । बुधबार भने एक्सल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्त र इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको थियो । 

    मंगलबार एनएलजी इन्स्योरेन्स, सिन्धु विकास बैंक, मातृभूमि लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, मानुषी लघुवित्त र विन्ध्यवासिनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लाग्यो ।

    सोमबार नेशनल हाइड्रोपावर, वेष्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रसिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स र सुपर माई हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतका दरले बढेर सकारात्मक सर्किट लाग्यो । गत आइतबार भने, सुपर माइ हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशत बढेसँगै सकारात्मक सर्किट लागेको थियो ।

    सेयर मूल्यमा गिरावट : बिहीबार नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा ८.९१ प्रतिशतले घटेर नकारात्मक सर्किट लाग्यो । बुधबार गुडविल फाइनान्सका लगानीकर्ताले सर्वाधिक धेरै ८.४ प्रतिशत गुमाएका थिए । 

    मंगलबार हिमालयन पावर पार्टनरको सेयर मूल्य ८.८६ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको थियो । सोमबार लक्ष्मी उन्नती कोषको इकाई मूल्य सबैभन्दा बढी ४.७१ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको थियो भने, गत आइतबार पिप्ल्स हाइड्रोपावर र माइ खोला हाइड्रोपावर कम्पनीका सेयरधनीले सर्वाधिक बढी १० प्रतिशत गुमाएका थिए ।

    सर्वाधिक कारोबार : बिहीबार सर्वाधिक सेयर खरिदबिक्रीको हिस्सा नेपाल फाइनान्स लिमिटेडले ओगटेको छ । यस कम्पनीको ४० करोड ५० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ५०३ रुपैयाँ कायम भएको छ । सेयर सर्वाधिक खरिदबिक्री हुने दोस्रोमा एनएलजी इन्स्योरेन्स छ । कम्पनीको ३४ करोड २२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

    बुधबार नेपाल फाइनान्सले ३० करोड ५२ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार गर्दै सर्वाधिक कारोबार गर्ने कम्पनीको रुपमा रहेको थियो । मंगलबार एनएलजी इन्स्योरेन्सको सर्वाधिक कारोबार भयो । उक्त दिन यस कम्पनीको ३४ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । 

    यस्तै, सोमबार र आइतबार सेयर सर्वाधिक खरिदबिक्रीको हिस्सा गुडवील फाइनान्सले ओगट्यो । यस कम्पनीको सोमबार ४६ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो भने आइतबार ५२ करोड ३१ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको थियो । 

    निर्जीवन बीमा समूहको परिसूचक ५ प्रतिशतभन्दा बढीले वृद्धि 

    गत साता समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक घटेको अवस्थामा चार समूहगत परिसूचक भने बढेका छन् । 

    गत साता निर्जीवन बीमा समूहको ५ दशमलव शून्य ३ प्रतिशत, लघुवित्त समूह २ दशमलव शून्य ६ प्रतिशत, विकास बैंक समूह १ दशमलव ८८ प्रतिशत र जीवन बीमा समूह शून्य दशमलव ८२ प्रतिशत बढको हो । 

    गत साता निर्जीवन बीमा समूहका लगानीकर्ता बजार घट्दा पनि निरास नभएको अवस्था छ । 

    वित्त समूहको परिसूचक भने गत साता सर्वाधिक ३ दशमलव २६ प्रतिशत घटेको छ त्यस्तै जलविद्युतको २ दशमलव ३७ प्रतिशत, बैंकिङको २ दशमलव ३० प्रतिशत, होटल तथा पर्यटनको २ दशमलव २४ प्रतिशत, उत्पादन तथा प्रशोधनको १ दशमलव ५९ प्रतिशत, लगानीको १ दशमलव २९ प्रतिशत, अन्यको १ दशमलव शून्य ४ प्रतिशत, व्यापारिकको शून्य दशमलव ३४ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ३२ प्रतिशत परिसूचक घटेको छ । 

    निर्जीवन बीमा समूहका लगानीकर्ताले सर्वाधिक कमाएको गत साता वित्त समूहका लगानीकर्ताले भने सर्वाधिक गुमाएका हुन ।

    साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तन
    विवरण गत साता अघिल्लो साता फरक प्रतिशत
    निर्जीवन बीमा 13,768.42 13,108.97 5.03
    लघुवित्त 5,212.40 5,107.24 2.06
    विकास बैंक 5,538.25 5,436.27 1.88
    जीवन बीमा 13,596.61 13,486.03 0.82
    म्युचुअल फण्ड 21.9 21.97 -0.32
    व्यापार 3,759.43 3,772.09 -0.34
    अन्य 2,079.70 2,101.49 -1.04
    लगानी 109.91 111.35 -1.29
    उत्पादन तथा प्रशोधन 7,179.87 7,295.83 -1.59
    होटल तथा पर्यटन 6,995.60 7,155.68 -2.24
    बैंकिङ्ग 1,523.94 1,559.76 -2.3
    जलविद्युत् 3,338.17 3,419.34 -2.37
    वित्त 3,443.86 3,559.94 -3

    ३ हजारसम्म पुगेको थियो परिसूचक 

    तीन वर्षका् अवधीसम्ममा नेप्से परिसूचक १८ सयदेखि २२ सयको बिन्दुमा नै अल्झिरह्यो । तर, गत २०८१ असार १७ गतेबाट भने परिसूचकले उकालो बाटो लियो । नेप्से परिसूचक २ हजारको बिन्दुबाट लगातार उकालो लाग्दै २६ सयको बिन्दुमा पुग्यो । यता साउन २१ मा भने परिसूचक २ हजार ७९६ बिन्दुमा पुग्यो । तर, साउन २२ गते एकै दिन १४५ अङ्कले बजार सूचक घट्यो । यो ५.१८ प्रतिशतको गिरावट थियो । नेपालमा गत तीनबर्षदेखि यति ठूलो गिरावट आएको थिएन । 

    यता, साउन २२ गते उच्च अङ्कले घटेको परिसूचक साउन २३ गते भने १०८ अङ्कले बढ्यो । यसरी शेयर बजारमा देखिएको उतारचढाव यतिमा नै सिमित भएन । साउन ३१ गते ३ हजार अङ्कमा पुगेर बजार बन्द भयो । २०७८ माघ २० गते २ हजार ८७६.७४ विन्दुमा रहेको नेप्से त्यसयता माथि उक्लिन सकिरहेको थिएन ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार