images
images

साढे ६१ अंकले बढेको शेयर बजारमा कारोबार १५ अर्ब २३ करोडमाथि, कसले कति कमाए ?

साढे ६१ अंकले बढेको शेयर बजारमा कारोबार १५ अर्ब २३ करोडमाथि, कसले कति कमाए ?

आइतवार, साउन ६ २०८१
आइतवार, साउन ६ २०८१
  • साढे ६१ अंकले बढेको शेयर बजारमा कारोबार १५ अर्ब २३ करोडमाथि, कसले कति कमाए ?

    काठमाडौँ / साताको पहिलो कारोबारको दिन शेयर बजार  ६१.६१ अङ्कले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ६१.६१ अंकले बढेर २ हजार ४८५ को विन्दुमा कायम भएको छ । 

    आज १८१ कम्पनीको शेयर मूल्य बढेको छ भने ५६ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब २३ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    आज यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै, 

    आज सबैभन्दा धेरै यूनाइटेड मोदी र समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । 

    यस्तै, हिमालयन बैंकका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । गणपति लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् ।

    1.JPG

    यी कम्पनीका लगानीकर्ताले गुमाए सबैभन्दा धेरै, 

    आज सबैभन्दा धेरै सिक्लेस हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

    2.JPG

    यी १० कम्पनीको उच्च कारोबार

    3.JPG

    आज सबैभन्दा धेरै सोल्टी होटल्सको शेयर कारोबार भएको छ । आज यसको ३४ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    यस्तै, हिमालयन रिइन्स्योरेन्सको ३० करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको कुमारी बैंकको २७ करोड माथि शेयर कारोबार भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार