images
images

अर्थतन्त्र चलायमान बनाउन प्रधानमन्त्रीलाई चेम्बरको दिएको ४३ बुँदे सुझावमा के–के छ ?

अर्थतन्त्र चलायमान बनाउन प्रधानमन्त्रीलाई चेम्बरको दिएको ४३ बुँदे सुझावमा के–के छ ?

सोमवार, साउन ७ २०८१
सोमवार, साउन ७ २०८१
  • अर्थतन्त्र चलायमान बनाउन प्रधानमन्त्रीलाई चेम्बरको दिएको ४३ बुँदे सुझावमा के–के छ ?

    काठमाडौँ / नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी एवं कार्यसमितिका सदस्यहरुले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई एवं शुभकामना दिएको छ । 

    images
    images
    images
    images

    अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी एवं कार्यसमितिको टोलीले प्रधानमन्त्री ओलीसमक्ष बालुवाटारमा भेटवार्ता गर्दै नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४३ बुँदे सुझाव दिएको हो । 

    बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत अर्थतन्त्रलाई चलायमान बनाउन चेम्बरले प्रधानमन्त्री ओली समक्ष आग्रह गरेको छ । चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘करिव ४ बर्षदेखि मुलुकको अर्थतन्त्र अस्थिर अवस्थामा छ । 

    कोभिड महामारीको प्रभाव, रुस युक्रेन युद्धले विश्वव्यापी आपूर्ति श्रीङखलामा पारेको असर एवं पछिल्लो ३ बर्ष देखिको निरन्तर संकुचित नीतिहरुले आर्थिक गतिविधीमा शिथिलता उत्पन्न भएको छ ।’ 

    चालु आर्थिक वर्षको बजेट र आगामी मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने अध्यक्ष कमलेश कुमार अग्रवालले बताए । 

    आर्थिक गतिविधीमा आएको संकुचनले माग र आपूर्तिबीच असन्तुलन, निजी क्षेत्रको सम्पत्तिमा संकुचन एवं बैंक तथा वित्तीय संस्थामा तरलता भएपनि निजी क्षेत्रमा लगानीप्रति आर्कषण नभएकोप्रति अध्यक्ष अग्रवालले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराए । 

    मुलुकको अर्थतन्त्रमा झण्डै ८१ प्रतिशत लगानी भएको निजी क्षेत्रमा वित्तीय सहजीकरण हुनुपर्ने चेम्बरले उल्लेख गरेको छ । काठमाडौं लगायत मुलुकका अधिकांश ठूला सहरमा ब्यापारिक सटर बन्द भएकोप्रति चेम्बरले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको छ । 

    उच्च अंकको आर्थिक वृद्धिदर हासिल गर्न स्थायी रुपमै एकल अंकको ब्याज कायम हुनुपर्ने चेम्बरको ठहर छ । मौद्रिक नीतिको आगामी कार्यदिशा पुर्ण रुपले विस्तारित एवं खुकुलो र लचिलो हुनुपर्नेमा पनि चेम्बरले जोड दिएको छ । निजी क्षेत्रमा प्रवाह हुने कर्जालाई सहजीकरण गरिनुपर्ने चेम्बरले जनाएको छ । 

    आर्थिक मन्दीबाट उन्मुक्ती नपाउन्जेल सम्ममा उद्यमी व्यवसायीहरुलाई चालु पुँजीको उपलव्धता सरल र सहज तवरले हुनुपर्ने एवं हाल जारी चालुपुँजी कर्जा निर्देशिकालाई तत्काल स्थगित गरिनुपर्नेमा चेम्बरले जोड दिएको छ । 

    यस्तै, घरजग्गा कारोबारलाई थप गति दिन ५० लाख भन्दा माथीको कर्जाका शतप्रतिशत जोखिमभार कायम गरिनुपर्ने चेम्बरको माग छ । चेम्बरले जारी गरेको बिज्ञप्तिमा भनिएको छ, ‘अहिले घरजग्ग खरिद बिक्रीको क्रममा विगतको सम्पत्तिको श्रोतलाई मान्यता नदिएर चालु नाफाको श्रोतलाई नै आधार बनाई घरजग्गा कारोबारलाई मान्यता दिन मालपोत कार्यलयबाट अपनाईएको प्रक्रीयाले गर्दा घरजग्गा कारोबारमा शिथिलता आएको छ, ।’ घरजग्गाको कर्जा प्रवाहमा हुने मुल्याङकनको सीमा ७०–३० बाट बढाएर ८०–२० को अनुपात कायम गरिनुपर्नेमा पनि चेम्बरले जोड दिएको छ । 

    चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठले उत्पादन वृद्धि र रोजगारी सिर्जनामा निजी क्षेत्रको योगदान महत्वपुर्ण भएकाले नीतिगत सहजिकरण गरिदिनुपर्ने बताए । बर्तमान समयमा व्यवसायीहरु निकै हतोत्साही भएको उनको भनाई छ । युवा पलायान रोक्नका लागि औधोगिक र व्यवसायिक वातावरण बनाउनुपर्नेमा श्रेष्ठले जोड दिए । 

    चेम्बर पदाधिकारीसंगको भेटमा प्रधानमन्त्री ओलीले उधमशिलता विकास र रोजगारी सिर्जना सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । मुलुकको आर्थिक अवस्था सुदृढ र प्रभावकारी परिणाम दिनेगरी काम शुरु भएको प्रधानमन्त्री ओलीको भनाई छ । 

    मुलुकको समग्र आर्थिक पक्षको मुल्याङक गरी सरकारले नीतिगत निर्णयहरु गर्दै जाने प्रधानमन्त्री ओलीले बताए । उनले ढुक्क भएर लगानी एवं व्यवसायिक गतिविधी गर्न चेम्बर पदाधिकारी एवं कार्यसमितिका सदस्यहरुसंग आग्रह गरे । 

    नेपाल चेम्बर अफ कमर्सद्धारा सम्माननीय प्रधानमन्त्री ओलीसमक्ष प्रस्तुत गरिएका सुझावहरुः

    १. करिव ४ बर्षदेखि मुलुकको अर्थतन्त्र Volatile अवस्थामा छ । Covid महामारीको प्रभाव, रुस युक्रेन युद्धले पारेको Global Chain Impact एवं पछिल्लो ३ बर्ष देखिको निरन्तर संकुचित नीतिहरुले आर्थिक गतिविधीमा शिथिलता उत्पन्न भएको छ । 

    २. चालु आर्थिक बर्ष २०८०/८१ मा उद्योग क्षेत्रको न्म्ए मा योगदान ४.८७ प्रतिशत (–१ .६ प्रतिशत), निर्माण क्षेत्रको ५.४१ प्रतिशत (–२ .०७ प्रतिशत), थोक तथा खुद्रा व्यापार १३. ८४ प्रतिशत (० .१६ प्रतिशत) संकुचनमा रहेको  तथ्याङक विभागबाट प्रकाशित तथ्याङकहरुले देखाएका छन । सरकारले निर्माण क्षेत्रको भूक्तानी दायित्व समयमा नै गर्न नसक्दा यो क्षेत्र झन धेरै समस्याग्रस्त हुने देखिन्छ । 

    ३. आर्थिक गतिविधीमा आएको संकुचनले माग र आपूर्तिबीच असन्तुलन, निजी क्षेत्रको सम्पत्तिमा संकुचन एवं बैंक तथा वित्तीय संस्थामा तरलता भएपनि निजी क्षेत्रमा लगानीप्रति आर्कषण छैन । 

    निजी क्षेत्रमा भएको संकुचनका कारणहरु:

    – कोभिड महामारीका बेला लामो समय भएको लकडाउन
    – संकुचित मौद्रिक नीतिका कारण उच्चदरको व्याजको दायित्व निजी क्षेत्रले बेहोर्नुप¥यो ।
    – घरजग्गा कारोबारमा शिथिलता
    – शेयर बजारमा आएको उच्च गिरावट 
    – अर्थतन्त्रको ३ खम्बा मध्ये एउटा सहकारी क्षेत्र संकटग्रस्त हुँदा सानाउद्यमी व्यवसायीहरु आफ्नो बचत रकम झिक्न नपाएर समस्याग्रस्त भएका छन ।

    ४. बैंकको किस्ता र ब्याज तिर्न नसकेर बैंक खातामा नगद जम्मा गर्न नपाएर उद्यमी व्यवसायीहरु दु्रत गतिले कालो सूचीमा पर्न थालेका छन । ३ दशकमा कालो सूचीमा पर्ने कुल १ लाख २७ हजार ३१८ (असार मसान्त सम्म) संख्या मध्ये ७५ हजार ९५७ गत २ बर्षमा मात्र पुगेको पाईन्छ । यसरी ३ दशकको कुल सूचीमा ६० प्रतिशत पछिल्लो २ वर्षमा मात्रै पुग्नु निजी उद्यमी व्यवसायीको अवस्थाबारे तथ्याङक आफै बोलिरहेको छ । 

    ५.कालो सूचीमा पर्न लागेका उद्यमी व्यवसायीहरुलाई उद्योग व्यवसायको प्रकृति हेरेर आवश्यक्ता अनुसार बैंक तथा वित्तीय संस्थासंगको आपसी विश्लेषणबाट केही समयका लागि कर्जाको पुर्नतालिकीकरण गर्न सकिएमा यसले पीडित उद्यमी व्यवसायीहरुमा ठूलो आत्मविश्वास सिर्जना गर्न सकिन्छ र धेरै उद्यमी व्यवसायीलाई धरासायीहुनबाट जोगाउन सकिन्छ । 

    ६. मुलुकको अर्थतन्त्रमा झण्डै ८१ प्रतिशत लगानी भएको निजी क्षेत्रलाई विगतका दायित्वहरुबाट उन्मुक्तीका लागि वित्तीय सहजिकरण नभईन्जेल थप रिक्स लिएर नयाँ उद्योग व्यवसाय गर्न बैंकबाट ऋण लिन आँट आउन सक्दैन । निजी क्षेत्रको Risk Bearing Capacity अत्यन्तै न्यून भएर गएको अवस्था छ । मुलुकको नया“ संविधान जारी भएपछि महाभूकम्पको त्रासदीपुर्ण अवस्थाबाट पनि विचलित नभई निजी क्षेत्र अत्यन्तै उत्साहका साथ लगातार ३ वर्ष औषत ७ दशमलव ५ प्रतिशत भन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्न सकेको बेहोरा जानकारी गराउन चाहान्छौं । 

    ७. काठमाडौं लगायत मुलुकका अधिकांश ठूला शहरहरुमा व्यापारिक शटरहरु बन्द भएर टु–लेट को सूचना देखिन थालेका छन । यो अवस्था अर्थतन्त्रका लागि निश्चय नै राम्रो रहँदैन ।

    ८. आर्थिक शिथिलताले सरकारको राजश्व पनि संकुचन हुन गएको छ । त्यसको प्रत्यक्ष दवाव निजी क्षेत्रमाथि पर्न गएको छ । भूत प्रभावी करका दायित्वहरु, अन्तशुल्क ऐनको स्वेच्छाचारी प्रयोग (नकारात्मक सूचीबाहेक अन्य सवै नेपाली उत्पादनमा अन्तशुल्क लाग्ने व्यवस्था खारेजी गरिनुपर्दछ) तथा आयकर ऐन २०५८ का दफाहरुको अव्यवहारिक Interpretation गरेर अनावश्यक दवाव सिर्जना गरिएको छ । यसले उद्यमी व्यवसायीहरुको मनोवल झन तल झारिदिएको छ ।

    ९. मौद्रिक नीतिको आगामी कार्यदिशा पुर्ण रुपले विस्तारित एवं खुकुलो र लचिलो हुनुपर्दछ ।

    १०. निजी क्षेत्रमा प्रवाह हुने कर्जालाई सहजीकरण गरिनुपर्दछ ।

    ११. उच्च आर्थिक वृद्धिका लागि स्थायी रुपमा नै एकल अंकको व्याजदर कायम हुने नीति लिईनुपर्दछ ।

    १२. आर्थिक मन्दीबाट उन्मुक्ती नपाउन्जेल सम्ममा उद्यमी व्यवसायीहरुलाई चालु पुँजीको उपलव्धता सरल र सहज तवरले हुनुपर्दछ । तवसम्म हाल जारी चालुपुँजी कर्जा निर्देशिकालाई स्थगित गरिनुपर्दछ ।

    १३. घरजग्गा कारोबारलाई थप गति दिन ५० लाख भन्दा माथीको कर्जाका शतप्रतिशत जोखिमभार कायम गरिनुपर्दछ । 

    १४. अहिले घरजग्ग खरिद बिक्रीको क्रममा विगतको सम्पत्तिको श्रोतलाई मान्यता नदिएर चालु नाफाको श्रोतलाई नै आधार बनाई घरजग्गा कारोबारलाई मान्यता दिन मालपोत कार्यलयबाट अपनाईएको प्रक्रीयाले गर्दा घरजग्गा कारोबारमा शिथिलता आएको छ । 

    १५. घरजग्गाको कर्जा प्रवाहमा हुने मुल्याङकनको सीमा ७०–३० बाट बढाएर ८०–२० को रेसियो कायम गरिनुपपर्दछ ।

    १६. ५० लाख रुपैयाँसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात  ८० प्रतिशत र अन्य श्रोतबाट भुक्तानी हुने भएमा नीतिगत व्यवस्था गरिनुपर्दछ ।

    १७. सेयर बजारमा व्यक्तिगततर्फ १५ करोड र Collectively २० करोड रुपैयाँको कर्जा सीमा हटाईनु पर्दछ ।

    १८. सेयर कारोबारलाई गतिशिल बनाउन ऋण प्रवाह हुँदा ५० लाख रुपैया माथीको जोखिमभार शत प्रतिशत कायम गरिनुपर्दछ । 

    १९. सहकारी क्षेत्र समस्याग्रस्त हुँदा साना मझौला उद्यमी व्यवसायीहरु पीडित भएका छन । सहकारी क्षेत्रको समस्या अविलम्व समाधान हुनुपर्दछ । धेरै सहकारीले घरजग्गा तथा शेयर बजारमा लगानी गरेको देखिन्छ । सहकारी समस्या समाधानका लागि Asset Management Company स्थापना गर्न आवश्यक छ । 

    २०. खुला सीमानाको कारण हाल बढिरहेको चोरी पैठारी नियन्त्रण गर्न, विश्व व्यापार संगठन, विम्स्टेक र साप्mटा आदिमा गरिएका प्रतिवद्धता अनुसार भन्सार दरवन्दी घटाउँदै लैजानु पर्ने । हाल विद्यमान भन्सारका दरहरु ३० प्रतिशतलाई २० प्रतिशतलाई १५, १५ प्रतिशतलाई १० प्रतिशत,  १० प्रतिशतलाई ५ प्रतिशत गरिनु पर्दछ । ४० प्रतिशतको भन्सार दरलाई खारेज गरिनु पर्दछ । यसबाट चोरी पैठारी नियन्त्रण गर्न सकिन्छ । 

    २१. हालै पारित आर्थिक ऐनको दफामा आयातमा हुने मालबस्तुको मुल्याङकनका लागि नियमित बजार सर्वेक्षण गरी संकलन गरिएको सूचनाका आधारमा सुदृढ, तथ्यपरक र वास्तविक भन्सार मुल्याङकन प्रणाली विकास गरिने व्यवस्थाले भन्सारमा विकृति जन्माउनेछ । तसर्थ विश्व व्यापार संगठनको मान्यता अनुसार यथार्थपरक कारोबार मुल्यलाई मान्यता दिई सन्र्दभ मुल्यलाई खारेज गरिनुपर्दछ । न्यून विजीकरणको शंका भएमा भन्सार बिन्दुमा नै नियम अनुसार सामान खरिद गर्ने व्यवस्थाको प्रभावकारी कार्यन्वयन हुनुपर्दछ । 

    २२. सम्पत्ति शुद्धिकरण २०६४ को दफा २८ बमोजिम कुनै व्यक्तिको श्रोत नखुलेको सम्पत्तिको कर निर्धारण सम्वन्धमा विभागमा लेखि आएमा सो दफाको अधिनमा रही विभागले कर सम्वन्धी कसुर गरेको वा नगरेको विषयमा छानविन गर्ने विषय उल्लेख छ । विभागले उपदफा एक बमोजिम छानविन गर्दा कर सम्वन्धी कुनै कसुर गरेको देखिएमा सो वर्षको आयमा लाग्ने अधिकतम दरले हुने उल्लेखित विषयले स्वदेशी लगानीकर्तालाई निरुत्साहित गरेको छ । विगतमा बैधानिक तवरले आर्जित सम्पत्तिको श्रोतको प्रमाणित आधार राज्यले कहिल्यैपनि उपलव्ध गराएको छैन । त्यसैले सवै नागरिकको सम्पत्ति अभिलेखिकरण एक पटक नगरीकन यस प्रकारको प्रावधान आउनु व्यवहारिक देखिदैन ।

    २३. संघ र स्थानीय तहको आ–आफ्नै कानूनी व्याख्याका कारण घरबहाल करमा दोहोरो मार पर्ने गरेको हुँदा यस्तो प्रक्रीया हटाई एक ठाउँमा बुझाईएको प्रमाणको आधारलाई अन्य निकायमा समेत कानूनी मान्यता दिलाईनुपर्दछ । 

    २४. आयातमा वाणिज्य बैंकले बस्तु आयात गर्दा विनिमय फारम नम्वर ४ ग को प्रक्रीयामा लिदै आएको धरौटी राख्ने व्यवस्थाले लागत थप बढ्ने भएकाले त्यस्तो व्यवस्था खारेज गरिनुपर्दछ । 

    २५. नक्कली वा झुटा बिल बिजक सम्वन्धमा अनुसन्धान वा कर निर्धारण प्रक्रीयामा रहेको अथवा मुद्धामा रहेको करदातालाई पुनः स्वंयम कर निर्धारण वा घोषणा गर्न लगाई जरिवाना व्याज तथा शुल्क छुट दिई अथवा कुनै स्किम ल्याएर निश्चित कर तिर्ने वातावरण सिर्जना गरिनुपर्दछ । नक्कली बिलबिजक जारी गर्नेलाई कारवाही गरी खरिदकर्ताले कानून सम्मत खरिदको भुक्तानी गरेको छ भने खरिदकर्तालाई सो अभियोगबाट उन्मुक्ती दिनुपर्दछ । 

    २६. नेपालमा हार्मोनिक कोड नम्बरमा धेरै अन्यौलता एवं स्पष्टता नभएकाले हाललाई स्थानीय कारोबारमा समेत हार्मोनिक कोडको प्रयोग गर्नुपर्ने व्यवस्थालाई खारेज गरिनुपर्दछ । 

    २७. स्थानीय कारोबारमा नकारात्मक सूचीमा रहेका बस्तु बाहेकका बस्तुहरुलाई अन्तशुल्कमा दर्ता हुनुपर्ने व्यवस्था खारेज गरिनुपर्दछ । 

    २८. चोरी पैठारी निरुत्साहित गर्न छिमेकी मुलुकमा उपलव्ध हुने माल बस्तुको अनुपातमा नै मुल्य कायम हुने तबरले भन्सार तथा करका नीतिहरु परिमार्जन गरिनुपर्दछ । 

    २९. भन्सार प्रक्रीया देखि उद्योगीको गोदामसम्म एकै व्यवस्थाको ग्रीन च्यानल कायम गरी राजश्व अनुसन्धान विभागको अनावश्यक हस्तक्षेप अन्त्य गरिनुपर्दछ । 

    ३०. पर्यटन उद्योगलाई प्रर्वद्धन गर्न भारतीय पर्यटकहरुका लागि २ लाख ५० हजारको नगद ओसार पोसारको व्यवस्था र ठूलादरका भारतीय मुल्यका नोटहरु चलनचल्तीमा खुला गरिनुपर्दछ ।

    ३१. नगद ओसार पोसारमा प्रहरीको हस्तक्षेप बन्द गरिनुपर्दछ ।

    ३२. आगामी आर्थिक वर्षको बजेटले ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। यसका लागि १५ प्रतिशत कर्जा प्रवाहको लक्ष्य मौद्रिक नीतिमा राखिनुपर्दछ ।

    ३३. भारतीय बैंकहरुद्धारा जारी गरिएका डेविट ̸ क्रेडिट कार्डहरु नेपालमा पनि निर्वाध प्रयोगमा ल्याउन पाउनुपर्दछ । 

    ३४. उद्यारो असुली ऐन अविलम्व ल्याईनुपर्दछ । 

    ३५. बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा व्यक्तिगत जमानी दिनेको हकमा निजले लिएको शेयर अनुपात सम्मको दायित्व बेहोर्नुपर्ने अनिवार्य व्यवस्था गरिनुपर्दछ ।

    ३६.कम्पनी ऐन बमोजिम शेयर धनीहरुको दायित्व सिमित हुने भएकाले लगानीकर्ता कम्पनीहरु मध्ये कुनै एक कम्पनी कालो सुचीमा परेमा सो बाहेकका अन्य कम्पनीहरुले यथावत रुपमा कारोबार गर्न पाउने व्यवस्था गरिनुपर्दछ । 

    ३७. हायर पर्चेज सम्वन्धी नेपाल राष्ट्र बैंकबाट जारी नयाँ नियमावलीका धेरैजसो प्रावधान अव्यवहारिक रहेकाले परिमार्जन गरिनुपर्दछ । 

    ३८. धितोपत्र बोर्डबाट ६ महिनाभन्दा बढी समयदेखि रोकिन गएको प्राथमिक शेयर जारी हुने प्रक्रीयालाई अविलम्ब सुचारु गरिनुपर्दछ ।

    ३९. निर्यात प्रर्वद्धनका लागि सरकारले Export Intensive दिने व्यवस्था एवं Vat Refund दिने व्यवस्था अविलम्व कार्यन्वय गरिनुपर्दछ । 

    ४०. नेपाल राष्ट्र बैंकमा जम्मा हुन गएको इतिहासकै सवैभन्दा उच्च झण्डै पौने २० खर्व रुपैयाँ विदेशी विनिमयको संचितिलाई आर्थिक गतिविधी विस्तारमा प्रयोग गरी त्यसबाट आर्जन हुने झण्डै ३५ प्रतिशत बढीको राजश्व संकलनलाई पूर्वाधार निर्माणमा प्रयोग गर्न सकिए यसले आत्मर्निभर अर्थतन्त्रको विकासमा महत्वपुर्ण योगदान गर्नेछ ।

    ४१. विद्युतीय सवारी साधनको प्रर्वद्धनका लागि सहुलियतपुर्ण र सहजीकरण नीतिहरु तर्जुमा गर्दै व्यापार घाटा न्यूनिकरण, रोजगारी सिर्जना एवं विदेशी विनिमय संचिति बढाउन आवश्यक छ । 

    ४२. वर्तमान आर्थिक प्रतिकुलताकाबीच उद्यमी व्यवसायीलाई मर्का पर्नेगरी विमा प्राधिकरणले प्रिमियमा गरेको अत्याधिक वृद्धिलाई न्यूनीकरण गरिनुपर्दछ । हुलदंगा र आतंकबादको बीमालाई ऐच्छिक गरिनुपर्दछ । 

    ४३. निर्यात प्रर्वद्धनका लागि सीमामा अन्तराष्ट्रिय स्तरका क्वारेन्टिन ल्याबको स्थापना अविलम्व गरिनुपर्दछ । 

    अन्त्यमा सम्माननीय प्रधानमन्त्री ज्यूबाट अर्थतन्त्रको शिथिलता अन्त्य गर्न विगतमा झैं आवश्यक साथ सहयोग एवं अभिभावकत्व प्रदान हुनेछ भन्ने विश्वास लिएका छौं । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार