काठमाडौँ / साउन लागेयता पहिलो पटक कुखुराको मासुको भाउ घटेको छ।
आज (सोमबार)बाट लागु हुने गरी प्रतिकिलो १५ रूपैयाँले मासुको भाउ घटाइएको राष्ट्रिय कुखुरा व्यवसायी संघले जानकारी दिएको हो ।
मूल्य घटेसँगै ज्युँदो कुखुराको मूल्य प्रतिकिलो दुई सय ५० रूपैयाँ र मासुको मूल्य प्रतिकिलो दुई सय ६० देखि ६५ रूपैयाँ छ।
यसअघि ज्युँदो कुखुराको मूल्य प्रतिकिलो दुई सय ६० रूपैयाँ र मासुको मूल्य प्रतिकिलो दुई सय ७५ देखि ८० रूपैयाँ थियो।