images
images

पहिलो पटक आँपसम्बन्धि गोष्ठी आयोजना, सरकारलाई आँप क्षेत्रको चुनौती र समस्याबारे सुझाव दिइने

पहिलो पटक आँपसम्बन्धि गोष्ठी आयोजना, सरकारलाई आँप क्षेत्रको चुनौती र समस्याबारे सुझाव दिइने

सोमवार, साउन ७ २०८१
सोमवार, साउन ७ २०८१
  • पहिलो पटक आँपसम्बन्धि गोष्ठी आयोजना, सरकारलाई आँप क्षेत्रको चुनौती र समस्याबारे सुझाव दिइने

    काठमाडौँ / नेपालमा पहिलो पटक ‘आँपसँग सम्बन्धित गोष्ठी’ आयोजना भएको छ । कृषि तथा पशुपन्छी बिकास मन्त्रालय, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र आर एण्ड डीको संयुक्त आयोजनामा एक दिने ‘आँप सम्बन्धी विचारगोष्ठी’ आयोजना भएको हो । 

    आँपको खेती, आँपको बजारीकरण, आँपको क्षेत्रविस्तार, प्रविधि विकास, आँपको जात विकास लगायत क्षेत्रमा टेवा पुग्ने आयोजकले विश्वास लिएको छ । 

    गोष्ठीबाट आएको निष्कर्ष अनुसार आँप क्षेत्रमा भएका अवसर र चुनौतीको बारेमा सरकारलाई सुझाव दिने आयोजकले बताएको छ। 

    कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आँप खेतीको प्रवद्र्धन गर्न सरकारले विभिन्न कार्यक्रमहरू गर्दै आएको बताएका छन् ।

    मन्त्रीेले दिने आँप सम्बन्धी गोष्ठीको माध्यमबाट आगामी दिनमा आँपसँग सम्बन्धीत विभिन्न समस्या पहिचान गर्ने यस क्षेत्रमा आवश्यक रणनीति तयार गरी अघि बढ्नको लागि सरोकारवालसँग आग्रह गरेका छन्।

    “यो गोष्ठीले अगामी दिनमा आँप बारीको संरक्षण, विकास र अध्ययनका कार्यहरूलाई एकीकृत रूपमा अघि बढाउन नीतिगत एंव संरचनागत सुधारमा सरकार हातेमाले गरेर अघि बढ्न तयार छ,” उनले भने। 

    उनले आँप खेती तराईँको क्षेत्रहरूमा आम्दानीका मुख्य स्रोतको रूपमा रहेको र यसले रोजगारी सिर्जना समेत गराएकाले अगामी दिनमा व्यवसायिक रूपमा उत्पादन गर्न पनि किसानलाई आग्रह समेत गरे । 

    सो गोष्ठीमा बोल्दै मन्त्री अधिकारीले आँपको व्यवसायीक खेती प्रवद्र्धन गर्नको लागि सरकारबाट सञ्चालन प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत सप्तरी, धनुषा, पर्सा, बारा लगायत देशभर ७७ जिल्लामध्ये ७६ जिल्लामा आँप खेती भइरहेको छ । 

    कार्यक्रममा नेपाल हर्टिकल्चर सोसाइटीका राम बदल साहले नेपालमा आँपको सम्भावना रहे पनि प्रयाप्त मात्रमा क्षेत्र विस्तार हुन नसकेको बताए । 

    उनले नेपालका ७७ जिल्लामध्ये ७६ जिल्ला आँपमा खेती हुँदै आएको बताएका छन्। हाल नेपालमा बर्सेनी करिब ५ लाख मेट्रिक टन आँप उत्पादन हुँदै आएको छ। 

    सिपीया, केन्ट, अल्फान्सो, फजली, मालदह, निलम लगायत विभिन्न आँपका प्रजाति नेपालमा पाइने उनले सुनाए।  

    फलफुल खेतिका लागि आधुनिकिकरण, वैज्ञानिकिकरण र आद्योगिकरणको बाधा वा समस्याहरु देखिएका छन् । 
    साहका अनुसार आँपलाई आँप खेतिको रुपमा बगैँचा लगाउन प्रथमिकता अभियानको रुपमा कार्यक्रम संचालन उनले सुझाएका छन् । 

    अस्थिर सरकारको कारणले पनि फलफूलका कार्यक्रम कार्यक्रमहरु नीति नियमको लक्ष्य प्रप्ता गर्न नसकेको सुनाए । “सरकार परिवर्तन हुदाँ केही समयका कार्यक्रम अस्त व्यस्त हुन्छन्,” उनले भने, “यसले कार्यक्रम प्रभावित हुने, लक्ष्य प्राप्त गर्न सकिदैन ।”

    साहले फलफूल क्षेत्रमा अनुसन्धानात्मक कार्य हुन नसकेको औँल्याएका छन् ।

    Mango news.JPG

    “आँप लामो अवधिको बाली भएकोले यसको प्रतिफल आउन बढि समय लाग्ने हुनाले कुनै विदेशी सरकारको सहायतामा रुची नदेखिएको वा पाइएको छैन,” उनले भने। 

    साहले आँपको लागि सघन कार्य योजना र कार्यान्वयनमा कमी देखिएको बताए । 

    उद्योगलाइ चाहिने मात्रामा कच्चा पदार्थ (आँप÷पल्प)को कमी, आवश्यकता अनुसार जातको छनौट गरी व्यवासायिक रूपले त्यसको प्रवर्द्धन गर्नुपर्ने आवश्यक देखिने बताए।

    आँपको अनियमित फल लाग्ने प्रकृति गुणः बम्बे र लंगडा (मालदह) मूख्य रूपले खेती हुने जातमा एक वर्ष बिराएर फल्ने, अन्य नियमित फल्ने जातमा पनि कहिलेकाँही यस्तो हुन सक्ने बताए । 

    यस्तै, नेपालमा आपमा तथ्याङकको कमी, बगैँचाको आकार सघनता जातबारे राम्रो जानकारीको कमी लगायत बताए। 

    कार्यक्रममा अष्ट्रेलियन एमबेसीकी कविस्थ कस्यनाथनले आजको गोष्ठीले आँपको समस्या र अवसर पहिचान गर्ने उल्लेख गरिन्। यसलाई व्यवसायिकरणमा जोड पुग्ने बताइन्।

    व्यवसायी उमेश श्रेष्ठले नेपालमा ४ खर्ब बराबरको कृषि उपजको वस्तु आयात हुने बताए। बर्सेनी २५ अर्ब स्याउ आयात मात्रै आयात भइरहेको उनको तर्क छ । 

    उनले नेपालमा कृषिमा योजना धेरै बनाए पनि कृषि आयात नरोकिएका सुनाए ।

    “कृषकले ऋण लिए पनि उनीहरूलाई ५ वर्षमा तिर्न पर्ने, त्यसकारणले किसान डुब्ने आवस्थामा छन्,” उनले भने, “स्थानीय तहबाटै कृषिमा सप्लाई चेन हुनुपर्छ, कृषि उपजका लागि भण्डारण हुनु पर्ने, हामीले स्टोरेज बनाए पनि हामीले मल्टी चेम्बर बनाएर कृषि उपजहरू बिग्रिएका छन् ।”  

    पुरानो प्रविधिभन्दा आँपमा नयाँ टेक्नोलोजीका प्रयोग गर्नुपर्ने सुझाए । 

    नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का कार्यवाहक कार्यकारी निर्देशक डा. सुरेन्द्रलाल श्रेष्ठले आँपमा खासै अनुससन्धान हुनु नसकेको बताए ।

    आँप सम्बन्धी गोष्ठीले आफूहरूलाई अनुसन्धान र अध्ययन गर्न टेवा पुग्ने आश व्यक्त गरे । 

    मन्त्रालयका कृषि सचिब डा. दीपक कुमार खरालले पहिलो पटक आँपबारे छलफल कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गरे । 

    उनले यो गोष्ठी मार्फ आँपको क्षेत्र विस्तार, बाँझो खेतमा आँप खेती विस्तार, आँपको प्रविधि, अवसर, चुनौती लगायत विषयमा छलफल गरि निष्कर्ष मन्त्रालयमा सुझाव प्रप्त हुने आश व्यक्त गरे । 

    आर एण्ड डी इनोभेटिभ सोलेशन प्रा.लि.की कार्यकरी प्रमुख तथा नेपाल कृषि मेशिनरी संघकी उपाध्यक्ष सुनिता न्हेम्हाफूकीले आफूले नेपालमा पहिलो पटक आँपको विषयमा छलफल गर्न लागेको खुसी व्यक्त गरिन् ।

    उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आफूले सरकारको नीति तथा कार्यक्रम निर्माण गर्नमा आवश्यक सुझाव दिने बताइन् । 

    गोष्ठीमा कृषि विज्ञ, प्रदेश अन्र्तगतका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत एक सय बढीको सहभागिता थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार