images
images

गन्तव्य पहिल्याउन बागलुङ बजारमा ‘स्टेट नम्बर’

गन्तव्य पहिल्याउन बागलुङ बजारमा ‘स्टेट नम्बर’

मंगलवार, साउन ८ २०८१
मंगलवार, साउन ८ २०८१
  • गन्तव्य पहिल्याउन बागलुङ बजारमा ‘स्टेट नम्बर’

    गलकोट / बागलुङ बजारलाई पर्यटनमैत्री बनाउन बागलुङ नगरपालिकाले पहिलोपटक ‘स्टेट नम्बर’ राख्न थालेको छ। विषेशगरी पर्यटकहरुलाई गन्तव्य पहिल्याउन सहजताका लागि बागलुङ बजारका झण्डै एक सय स्थानमा स्टेट नम्बर र गल्लीको नाम राख्न थालिएको बागलुङ नगरपालिकाले जनाएको छ । 

    बागलुङ नगरपालिकाले नगर पर्यटन विकास समितिमार्फत बागलुङ बजारका चोक तथा गल्लीमा स्टेट नम्बर राख्न थालिएको नगरउपप्रमुख राजु खड्काले बताए । 

    उनका अनुसार रु पाँच लाख नगरपालिकाको बजेटले एक सय स्थानको नम्बर र टोलको नाम राख्न थालिएको बताए ।

    उनले स्टेट नम्बर राख्नका लागि पोल गाडिएको बताए । खड्काले बोलीचालीको भाषामा लेख्दै आएको टोलको नामलाई स्टेट नम्बरसँगै लेख्नेगरी अहिले स्टेट नम्बरको पोल गाड्ने काम  अन्तिम चरणमा पुगेको बताए ।

    “पोखराको लेकसाइडमा राखिएको स्टेट नम्बर जस्तै व्यवस्थित रुपमा बागलुङ बजारमा स्टेट नम्बर राख्न थालिएको छ, अहिले पर्यटकहरु अलमलिएको अवस्थामा टोल–टोल पहिचानका लागि स्टेट नम्बर राखिएको र राखिएको नम्बर र टोलको नाम गुगल म्यापमा समेत राख्ने छौं, जस्कारण सजिलै गन्तव्यमा पुग्न पर्यटक तथा आगन्तुकलाई सहज हुनेछ”, उपप्रमुख खड्काले भने ।

    पहिलो चरणमा एक सय चोक तथा मुख्य गल्लीको स्टेट नम्बर राखेपछि आगमी वर्ष थप भित्रि गल्ली तथा चोकको स्टेट नम्बर राख्ने योजना नगरपालिकाको रहेको छ । भित्रि तथा सहायक बाटोलाई दोस्रो चरणमा स्टेट नम्बर राखिने छ ।

    स्थानीय समुदायको सुझाव र समन्वयका आधारमा स्टेट नम्बर राख्दा बागलुङ बजारलाई पर्यटकीय नगरी बनाउने कामलाई सहज बन्ने बागलुङ नगरपालिकाको योजना रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार