images
images

अन्नपूर्ण न्युरो अस्पतालमा ‘रोबोटिक सर्जरी’ सुरु

अन्नपूर्ण न्युरो अस्पतालमा ‘रोबोटिक सर्जरी’ सुरु

बुधवार, साउन ९ २०८१
बुधवार, साउन ९ २०८१
  • अन्नपूर्ण न्युरो अस्पतालमा ‘रोबोटिक सर्जरी’ सुरु

    काठमाडौँ / माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालले ‘रोबोटिक सर्जरी’ सेवा सुरु गरेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष डा वसन्त पन्तले यही सातादेखि सेवा सुरु गरिएको जानकारी दिए । 

    उनले भने, “हामीले नयाँ प्रविधि भित्र्याएका छौँ । यसले नियमित सर्जरीमाभन्दा आधाजति छिटो  समयमा नतिजा ल्याउन सहयोग गर्छ । सेवा सुरु भएयता तीनवटा सर्जरी गरिसकेका छौँ ।” 

    डा पन्तले यस प्रविधिबाट विशेष किसिमका बिरामीमा मात्र यस प्रविधिको प्रयोग गरिने बताए । 

    “हामी पनि परीक्षणकालमा छौँ । अझै पाँचवटा केशहरू हेर्छौं । रोबोटिक र अरु नियमित सर्जरीको नतिजा तथा समयसीमामा कत्तिको फरक रहेछ भनेर हेर्छौं”, उनको भनाइ छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार