images
images

अमेरिकी डलरको भाउ बढ्दा युरोदेखि अष्ट्रेलियन डलरसम्मको भाउ बढ्यो, विनिमय दर

अमेरिकी डलरको भाउ बढ्दा युरोदेखि अष्ट्रेलियन डलरसम्मको भाउ बढ्यो, विनिमय दर

बुधवार, साउन ९ २०८१
बुधवार, साउन ९ २०८१
  • अमेरिकी डलरको भाउ बढ्दा युरोदेखि अष्ट्रेलियन डलरसम्मको भाउ बढ्यो, विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार अमेरिकी डलरको भाउ बढ्दा अन्य केही मुद्राको भाउ भने घटेको छ । यसअघि एक डलरको खरिद मूल्य १३३ रुपैयाँ ५६ पैसा र बिक्री मूल्य १३४ रुपैयाँ १६ पैसा तोकिएकोमा आज बढेर एकको खरिद मूल्य १३३ रुपैयाँ ६१ पैसा र बिक्रीमूल्य १३४ रुपैयाँ २१ पैसा पुगेको छ ।

    यसैगरी, युरोपियन युरोको भाउ भने घटेको छ । आज युरो एकको खरिदमा १४५ रुपैयाँ १९ पैसा र बिक्रीमा १४५ रुपैयाँ ८४ पैसा कायम गरिएको छ । यसअघि युरो एकको खरिद दर १४५ रुपैयाँ ३९ पैसा र बिक्री दर १४६ रुपैयाँ ०५ पैसा रहेको थियो ।

    अष्ट्रेलियन डर एकको खरिदमा ८८ रुपैयाँ ९६ पैसा र बिक्रीमा ८९ रुपैयाँ ३६ पैसा रहेकोमा आज घटेर एकको खरिद मूल्य ८८ रुपैयाँ ५१ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ ९१ पैसा कायम गरिएको छ । 

    त्यस्तै, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ५६ पैसा र बिक्रीमा ८ रुपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ १२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५६ पैसा र चाइनिज युआन एकको खरिद मूल्य १८ रुपैयाँ ३७ पैसा र बिक्री मूल्य १८ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ । 

    यसैगरी, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ६२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७८ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ६४ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ ८० पैसा तोकिएको छ ।

    युएइ दिरहम एकको खरिदमा ३६ रुपैयाँ ३८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५४ पैसा, मलेसियन रिंगिट एकको खरिद मूल्य २८ रुपैयाँ ६० पैसा र बिक्री मूल्य २८ रुपैयाँ ७३ पैसा रहेको छ । 

    यसैगरी, साउथ कोरियन वन एकको खरिद मूल्य ९ रुपैयाँ ६४ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ६८ पैसा र कुवेती दिनार एकको खरिदमा ४३७ रुपैयाँ ०३ पैसा र बिक्रीमा ४३९ रुपैयाँ तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार