images
images

पूर्वाधार विकास कार्यालयको पुँजीगत खर्च ७३ प्रतिशत

पूर्वाधार विकास कार्यालयको पुँजीगत खर्च ७३ प्रतिशत

बुधवार, साउन ९ २०८१
बुधवार, साउन ९ २०८१
  • पूर्वाधार विकास कार्यालयको पुँजीगत खर्च ७३ प्रतिशत
    images
    images

    भद्रपुर / झापा जिल्ला पूर्वाधार विकास कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा रु दुई अर्ब १२ करोड ४६ लाख ५० हजार खर्च भएको छ । 

    यो खर्च पुँजीगततर्फ विनियोजित रकमको ७३ दशमलव ३९ प्रतिशत हो ।

    उक्त कार्यालयका सूचना अधिकारी उत्तम नारायण खरेलका अनुुसार प्रदेश स्रोत, सङ्घ सशर्त र समपूरक गरी जम्मा दुई अर्ब १२ करोड ४६ लाख ५० हजार पुँजीगततर्फ विनियोजन भएको थियो । 

    “चालुतर्फ विनियोजित दुई करोड ३० लाखमध्ये एक करोड ७६ लाख ४६ हजार अर्थात् ७७ प्रतिशत रकम खर्च हुँदा समग्रमा ७३ दशमलव ४३ प्रतिशत खर्च भएको छ”, उनले भने ।

    झापा र इलाम दुई जिल्ला कार्यक्षेत्र रहेको पूर्वाधार विकास कार्यालयले गत आवमा झापामा चार र इलाममा दुई गरी छवटा मोटरेबल पुल निर्माण सम्पन्न गरेको थियो । 

    यसैगरी, गत आवमा २६ दशमलव ७३ किमी सडक कालोपत्र, २७ दशमलव ५८ किमी सडक ग्राभेल, १७ दशमलव पाँच किमी सडक मर्मत, तीन किमी कच्ची सडक, एक दशमलव ३७ किमी पिसिसी र दुई दशमलव २० किमी सडक सोलिङ गर्ने काम सम्पन्न भएको छ ।

    झापा जिल्लामा दुईवटा बहुवर्षीय सडकको २० दशमलव ४७ किमी निर्माण सम्पन्न भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार