images
images

कर्णाली प्रदेशका केही स्थानमा आज राति अधिक वर्षा हुने, सतर्कता अपनाउन आग्रह

कर्णाली प्रदेशका केही स्थानमा आज राति अधिक वर्षा हुने, सतर्कता अपनाउन आग्रह

बुधवार, साउन ९ २०८१
बुधवार, साउन ९ २०८१
  • कर्णाली प्रदेशका केही स्थानमा आज राति अधिक वर्षा हुने, सतर्कता अपनाउन आग्रह

    काठमाडौँ / हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ।

    बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

    कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । 

    बागमती, गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना  छ ।

    आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    विभागले कर्णाली प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिराको जोखिमबाट बच्न अनुरोध गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार