images
images

अमेरिकी डलर बलियो बन्दा नेपाली मुद्रा कमजोर, अन्य मुद्रालाई कति ?

अमेरिकी डलर बलियो बन्दा नेपाली मुद्रा कमजोर, अन्य मुद्रालाई कति ?

बिहिवार, साउन १० २०८१
बिहिवार, साउन १० २०८१
  • अमेरिकी डलर बलियो बन्दा नेपाली मुद्रा कमजोर, अन्य मुद्रालाई कति ?

    काठमाडौँ / बिहीबार अमेरिकी डलरको भाउ हालसम्मकै बलियो बनेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी एक डलरका लागि नेपाली रुपैयाँ १३४ रुपैयाँ २६ पैसा खर्च गर्नुपर्नेछ । त्यस्तै, खरिद मूल्य १३३ रुपैयाँ ६६ पैसा रहेको छ । 

    बुधबार एकको खरिद मूल्य १३३ रुपैयाँ ६१ पैसा र बिक्रीमूल्य १३४ रुपैयाँ २१ पैसा रहेको थियो।

    युरोपियन युरो एकको खरिदमा १४४ रुपैयाँ ८९ पैसा र बिक्रीमा १४५ रुपैयाँ ५४ पैसा तोकिएको छ भने युके पाउन्ड स्टर्लिङ १७२ रुपैयाँ ५२ पैसा र बिक्रीमा १७३ रुपैयाँ ३० पैसा तोकिएको छ । 

    त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८८ रुपैयाँ २३ पैसा र बिक्रीमा ८८ रुपैयाँ ६३ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९६ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ । 

    यसैगरी, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ३७ पैसा र बिक्रीमा १८ रुपैयाँ ४५ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७९ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ६५ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ८२ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार