काठमाडौं / चिनियाँ विद्युतिय गाडी दिपलको लागि नेपालको आधिकारीक बिक्रेता एमएडब्लु बृद्धि अटोकर्पले पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेतामा हिमालय अर्गानाईजेशन अन्तर्गतको हिमालय मोटरक्स प्रालिलाई नियूक्त गरेको छ ।
पोखराको नयाँबजार ८ मा रहेको हिमालय मोटरक्स प्रालिको शोरुममा गई दिपल गाडी बुकिङ्ग गर्न सकिने कम्पनीले जनाएको छ । यो गाडी पोखरा क्षेत्रमा पनि धेरैको रोजाइमा पर्ने विश्वास कम्पनीको छ । टेस्ट ड्राईभको लागि एक साता भित्र गाडि पोखरामा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
दिपलको एस ०७ र एल ०७ लगायत अन्य मोडेलहरु उपलब्ध हुने बताइएको छ । गाडी बुकिङ्ग गर्ने ग्राहकहरुलाई एक साताभित्रै गाडी उपलब्ध गराइने प्रतिबद्धता कम्पनीले गरेको छ ।
दिपलको एस ०७ इ एसयूभी इन्टेलिजेन्ट र लक्जरियस रहेको कम्पनीको दावी छ । नेपालमा यो गाडीको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ रहेको छ । सिंगल चार्जमा ४१० देखी ४८५ किमी रेन्ज प्रदान गर्ने कम्पनीले दावी गरेको छ । एल ०७ को मुल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।