images
images

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र साइमेक्स इंकबिच साझेदारी, बिवाइडीको सबै मोडलको इभि गाडी किन्न वित्तीय सुरक्षा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र साइमेक्स इंकबिच साझेदारी, बिवाइडीको सबै मोडलको इभि गाडी किन्न वित्तीय सुरक्षा

शुक्रवार, साउन १८ २०८१
शुक्रवार, साउन १८ २०८१
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र साइमेक्स इंकबिच साझेदारी, बिवाइडीको सबै मोडलको इभि गाडी किन्न वित्तीय सुरक्षा

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड र बिवाइडी गाडिको आधिकारिक वितरण साइमेक्स इंक प्रा.लि.ले साझेदारीको घोषणा गरेको छ । नेपालको इलेक्ट्रिक अभियानको पहुँचलाई सहयोग गर्ने उद्देश्यले साइमेक्स र इन्भेस्टमेन्ट मेगा बैंकबिच साझेदारी हुने भएको हो । 

    images
    images

    सम्झौता अनुसार बिवाइडीको इलेक्ट्रिक वाहनका सबै मोडेलहरूमा बैंकले ८० प्रतिशत सम्मको वित्तीय सुविधा प्रदान गर्नेछ। उक्त साझेदारीसँगै, साइमेक्स इंक र यसको अधिकृत विक्रेताबाट बिवाइडी इलेक्ट्रिक गाडि खरिद गर्न चाहने नेपाली नागरिकले बैंकको जुनसुकै शाखामा गई अटोलोनका लागि आवेदन दिन सक्नेछन् । 

    प्रक्रिया सुरु गरेको तीन दिनभित्रै सेवाग्राहीले झन्झटमुक्त र सहजै अटोलोन पाउने बैंकले जनाएको छ । इन्भेस्टमेन्ट मेगा बैंकले बिवाइडी सवारी साधनहरूको लागि आधार मूल्य र प्रतिवर्ष १ प्रतिशत प्रिमियम थप गरेर प्रतिस्पर्धी ब्याज दरमा कर्जा उपलब्ध गराउनेछ । 

    दिगो र उन्नत यातायात विकल्पहरू थप किफायती र पहुँचयोग्य बनाउन यो याजना ल्याइएको कम्पनीले जनाएको छ । सो सम्बन्धी सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डे र साइमेक्स इंककी सन्ध्या श्रेष्ठले हस्ताक्षर गरे । 

    देशव्यापी २७२ शाखा कार्यालय र २६६ एटीएमको साथ, एनआईएमबी बैंकले नेपालको ‘ग्रीन फ्युचर’को पहललाई बढावा दिने लक्ष्य राखेको छ। यस सहकार्यले दिगोपन र नवप्रवर्तनप्रतिको हाम्रो प्रतिबद्धतासँग मेल खाने नेपालका जनताका लागि पर्यावरणमैत्री यातायात समाधानहरूलाई थप सहयोग पुर्याउन महत्वपूर्ण कदमको प्रतिनिधित्व गर्दछ।

    २७२ शाखा कार्यालय र २६६ एटीएमसहित ल्क्ष्ःद्य बैंकले यो पहललाई प्रवर्द्धन गर्दै नेपालको हरित भविष्यतर्फको यात्रा साकार गर्न मद्दत पुर्‍याउने लक्ष्य राख्दछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार