images
images

थाई एयर एसियाले भैरहवामा साताको चार उडान गर्न पाउने

थाई एयर एसियाले भैरहवामा साताको चार उडान गर्न पाउने

शुक्रवार, साउन १८ २०८१
शुक्रवार, साउन १८ २०८१
  • थाई एयर एसियाले भैरहवामा साताको चार उडान गर्न पाउने

    काठमाडौँ / थाई एयर एसियाले भैरहवाका लागि साताको चार उडान गर्न पाउने भएको छ । थाइल्यान्डको वायुसेवा कम्पनी एयर एसियाले नेपालमा कुल ७ उडान गर्न पाउनेमा चार उडान भैरहवाबाट गर्न पाउने भएको हो । 

    images
    images
    images
    images

    नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई थाई एयर एसियाले काठमाडौँमा ३ उडान र भैरहवामा ४ उडान गर्न पाउनेगरी अनुमती दिइएको जानकारी दिए । 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीड हुँदा प्राधिकरणले भैरहवा र पोखरा विमानस्थलमा उडानका लागि प्राथमिकता दिइरहेको उनले बताए । भैरहवा विमानस्थलमा जजिरा एयरवेज, हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले नियमित उडान सुरु गरेको भए पनि निरन्तरता दिन सकेका छैनन् । 

    प्रधानमन्त्री केपी शर्मा गत मंगलबार सिंहदरबारमा सचिवहरूलाई पोखरा र भैरहवा विमानस्थल चलाउन पहल गर्न निर्देशन दिएका थिए । उनले पोखरा र भैरहवा विमानस्थलमा लेउ लगाउने, झार पलाउने नबनाउन भन्दै चलाउनुपर्ने बताएका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार