images
images

दोस्रो बजारमा रुचाइएको हिमालयन रि इन्स्योरेन्सको रेटिङ अपग्रेड, कति छ बजार पुँजीकरण ?

दोस्रो बजारमा रुचाइएको हिमालयन रि इन्स्योरेन्सको रेटिङ अपग्रेड, कति छ बजार पुँजीकरण ?

शुक्रवार, साउन १८ २०८१
शुक्रवार, साउन १८ २०८१
  • दोस्रो बजारमा रुचाइएको हिमालयन रि इन्स्योरेन्सको रेटिङ अपग्रेड, कति छ बजार पुँजीकरण ?
    images
    images

    काठमाडौँ / सेयर बजारमा प्रमुख आकर्षण बनेको हिमालयन रि इन्स्योरेन्स लिमिटेडको रेटिङ् अपग्रेड भएको छ। रेटिङ प्रदायक कम्पनी इक्रा नेपाल लिमिटेडले कम्पनीलाई विगतमा प्रदान गरेको इक्रा एनपि आइआर ‘ए’ बाट निष्कासनकर्ता रेटिङ्गलाई इक्रा एनपि ‘ए’ माइनसमा अपग्रेड गरेको हो ।

    उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरू समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिने इक्राले जनाएको छ । यो रेटिङ प्राप्त गर्ने उपकरणहरूमा न्यून क्रेडिट जोखिम रहेको हुन्छ । ऋण विशेषको लागि नभई  उक्त रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयता सम्बन्धी राय मात्र भएको इक्रा नेपालले जानकारी दिएको छ । 

    बिहीबारसम्मको कारोबारमा हिमालयन रि इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ७७० रुपैयाँ पुगेको छ । प्रिमियम मूल्यमा आइपिओ निष्काशन गरेको कम्पनीको सेयर सर्वाधिक कारोबार भएसँगै अहिले दोस्रो बजारमा निकै चर्चामा रहेको छ । २०८० पुष २२ गते नेप्सेमा सूचीकृत कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि ४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

    नेप्सेमा सूचीकृत कम्पनीहरूमा हिमालयन रि इन्स्योरेन्स ठूलो पुँजी भएको कम्पनीमा पर्छ । कम्पनीको धितोपत्र बजार पुँजीकरण ८० अर्ब ८ करोड रुपैयाँ रहेको छ । 

    बिहीबार सेयर कारोबार हुने कम्पनीमध्ये अर्थात सबैभन्दा बढी ५९ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको कम्पनीको एक सातामा यो कम्पनीको ३ अर्ब ६६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    हिमालयन रि–इन्स्योरेन्स नेपालमा खुलेको दोस्रो पुनर्बीमा हो भने पूर्णरुपमा निजी क्षेत्रको लगानी रहेको पहिलो पुनर्बीमा कम्पनी हो ।कम्पनीले नेपाल तथा विदेशमा रहेका लाइफ र ननलाइफ इन्स्योरेन्स कम्पनीहरूलाई पुनर्बीमा सेवा उपलब्ध गराउनेछ । 

    कम्पनीको संस्थापक सेयरधनीमा नेपालको व्यवसायिक घरानाहरू छन् । सञ्चालक समितिको अध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा रहेका छन् भने प्रमुख कार्यकारी अधिकृत (सिइओ) उपासना पौडेल रहेकी छन् । 

    चुक्ता पुँजीको ७० प्रतिशत हिस्सा संस्थापकहरूले ३० प्रतिशत हिस्सा सर्वसाधरणको रहेको कम्पनीलाई नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले प्रवद्र्धन गरेको छ । हिमालयन रि इन्स्योन्सले गत आर्थिक बर्ष २०८०/०८१ को चैत महिनासम्ममा ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

    अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १००.५४ प्रतिशतले नाफा बृद्धि गरेको कम्पनीको चुक्ता पुँजी सो अवधिसम्म १० अर्ब रुपैयाँ रहेको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार