images
images

‘अर्थतन्त्र ठिक राख्न मन्त्रालय र राष्ट्र बैंकबीच ट्युनिङ मिल्नु राम्रो’

‘अर्थतन्त्र ठिक राख्न मन्त्रालय र राष्ट्र बैंकबीच ट्युनिङ मिल्नु राम्रो’

शुक्रवार, साउन १८ २०८१
शुक्रवार, साउन १८ २०८१
  • ‘अर्थतन्त्र ठिक राख्न मन्त्रालय र राष्ट्र बैंकबीच ट्युनिङ मिल्नु राम्रो’

    काठमाडौँ / अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्षको मौद्रिक नीतिको सन्दर्भमा राष्ट्र बैंकमाथि सरकारको प्रत्यक्ष दबाब देखिएको भन्ने आरोप गलत भएको दाबी गरेका छन् ।

    शुक्रबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा उनले राष्ट्र बैंक आफ्नो अलग कानुन अन्तर्गत सञ्चालन हुने संस्था भएका कारण अर्थ मन्त्रालयले यो गर, त्यो गर भन्न नमिल्ने बताए । उनले मुलुकको अर्थतन्त्रलाई ठिक ढंगले सञ्चालन गर्न राष्ट्र बैंक र अर्थ मन्त्रालयको ट्युनिङ मिल्नु राम्रो रहेको बताए ।

    उनले भने,‘ राष्ट्र बैंक आफ्नो अलग कानुन अन्तर्गत सञ्चालन हुने संस्था हो । राष्ट्र बैंकलाई अर्थमन्त्रालयले केही गर्दैन् । यो गर, त्यो गर भन्न मिल्दैन । तर राष्ट्र बैंक र मन्त्रालय एकआपसमा मिलेर काम पनि गर्छन् । एकले अर्कालाई सघाउँछन्  । त्यसैले राष्ट्र बैंक र अर्थ मन्त्रालयबीचमा रियल ट्युनिङ मिल्नु नै पर्छ । अथवा मूलुकको अर्थतन्त्रलाई ठिक ढंगले सञ्चालन गर्न मिलेर अगाडि बढ्नुपर्छ ।’

    उनले सार्वजनिक ऋण र खर्चको सवालमा सरकार अत्यन्त अनुशासित हुने प्रतिबद्धता पनि जनाए ।

    बैठकमा पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले चालू आर्थिक वर्षको मौद्रिक नीतिप्रति असहमति जनाउँदै राष्ट्र बैंकले चाहिने भन्दा बढी खुकुलो नीति ल्याएको बताए । उनले अर्थमन्त्रीमा विष्णु पौडेलको उपस्थितिले राष्ट्र बैंकसँग ट्युनिक मिलेको छ भन्ने हल्ला बजारमा आएको भन्दै व्यङग्य गरेका थिए ।

    ‘अत्याधिक खुकुलो मौद्रिक नीति लिंदा अर्को समस्या आउने खतरा रहन्छ । तथापि, राष्ट्र बैंकको क्षेत्राधिकार भित्रको कुरा हो । म अर्थमन्त्री हुँदा गभर्नरसापले पहिला धेरै खुकुलो मौद्रिक नीति अवलम्बन गर्नुभयो, फेरि पछि धेरै टाइट गर्नुभयो । अर्थतन्त्र सहज हुँदा सेयर मार्केट पनि १८ सयको विन्दुमा झरेको नेप्से सूचक मेरै पालामा २२ सयको अंकसम्म पुग्यो । अहिले जुन मौद्रिक नीति आएको छ । अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेलको उपस्थितिले ट्युनिक मिलेको छ भन्छन् बजारमा । मौद्रिक नीति सबै राम्रो आएका छ म भन्दिन् ।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार