images
images

सिमेन्ट उत्पादक संघको नेतृत्वमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघु नन्दन मारू

सिमेन्ट उत्पादक संघको नेतृत्वमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघु नन्दन मारू

आइतवार, साउन २० २०८१
आइतवार, साउन २० २०८१
  • सिमेन्ट उत्पादक संघको नेतृत्वमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघु नन्दन मारू
    images
    images

    काठमाडौँ / नेपाल सिमेन्ट उत्पादक संघको नयाँ कार्यसमितिको लागि शुक्रबार भएको निर्वाचनबाट शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघु नन्दन मारू अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । संघको २० औँ वार्षिक साधारण सभाले आगामी ३ वर्षको लागि मारू लाई अध्यक्षमा चयन गरेको हो अध्यक्ष मारू विगत लामो समयदेखि सिमेन्ट उद्योगमा आवद्ध छन् ।

    नेपाल सिमेन्टमा आत्मानिर्भर हुँदै गर्दा सिमेन्ट उद्योगसँग सम्बन्धित दिर्घकालिन तथा अल्पकालीन समस्याहरूको समाधान, स्थायित्व गुणस्तरीय उत्पादन, बजार व्यवस्थापन जस्ता कुराका लागि नीजि क्षेत्रबाट सिमेन्ट उत्पादक संघ र सरकार विच सहकार्य गरी अघि बढ्ने तथा सम्पूर्ण सिमेन्ट उद्योगीहरूलाई साथमा लिई यस क्षेत्रमा देखा परेका चुनढुङ्गा उत्खनन्, वन, विद्युत, बैङ्किङ तथा स्थानीय समस्यालगयत विभिन्न चुनौतीलाई सम्बन्धित निकायहरू संग समन्वय गर्दे अघि बढ्ने अध्यक्ष मारूले बताए ।

    नेपाल सिमेन्ट उत्पादक संघको २० औं वार्षिक साधारण सभाबाट नयाँ कार्यसमितिको चयन गरिएको थियो । नयाँ कार्यसमितिको अध्यक्षमा रघु नन्दन मारू, नि. अध्यक्ष धुव्र थापा, उपाध्यक्ष तारा पोखरेल तथा विकास दुगड, महासचिव राजाराम खड्का तथा कोषाध्यक्षमा अरूण कर्ण रहेका छन् । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार