images
images

एक बर्षमा ग्लोबल आइएमई बैंकले कमायो ६ अर्ब १ करोड नाफा, प्रतिशेयर आम्दानीसहित अन्य सूचाङ्क कस्तो ?

एक बर्षमा ग्लोबल आइएमई बैंकले कमायो ६ अर्ब १ करोड नाफा, प्रतिशेयर आम्दानीसहित अन्य सूचाङ्क कस्तो ?

सोमवार, साउन २१ २०८१
सोमवार, साउन २१ २०८१
  • एक बर्षमा ग्लोबल आइएमई बैंकले कमायो ६ अर्ब १ करोड नाफा, प्रतिशेयर आम्दानीसहित अन्य सूचाङ्क कस्तो ?

    काठमाडौँ / ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब १ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । 

    images
    images
    images
    images

    बैंकले सागर्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा अघिल्लो बर्ष २०७९/८० को तुलनामा १०.१३ प्रतिशतले घटेको हो । आर्थिक वर्ष २०७९/८० मा बैंकले ६ अर्ब ६९ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

    समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी २.७४ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकले १६ अर्ब ६३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधीमा बैंकले १७ अर्ब १० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

    यता, यसअवधिमा बैंकले ८ अर्ब ७४ रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा उक्त मुनाफा ८.२५ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको सञ्चालन मुनाफा ९ अर्ब ५३ करोड रुपैयाँ रहेको थियो । 

    समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.१५ प्रतिशतबाट बढेर ४.३७ प्रतिशत पुगेको छ। ३६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २४ अर्ब ८५ करोड रुपैयाँ सञ्चित रहेको छ ।

    यस अवधिमा बैंकको निक्षेप १४.३४ प्रतिशत बढेको छ । कर्जा लगानी ४.२३ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब १० करोड रुपैयाँ रहेको छ।

    नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ६ पैसा घटेर १६ रुपैयाँ ६५ पैसामा झरेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात ११.६६ गुणा रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार