images
images

महालक्ष्मी विकास बैंकको नाफा २४.५२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

महालक्ष्मी विकास बैंकको नाफा २४.५२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

सोमवार, साउन २१ २०८१
सोमवार, साउन २१ २०८१
  • महालक्ष्मी विकास बैंकको नाफा २४.५२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

    काठमाडौँ / महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक बर्ष २०८०/८१ मा ४७ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

    images
    images

    बैंकले सार्वजनिक गरेको गत आर्थिक बर्षका चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकले एक बर्षको अवधीमा ४७ करोड १ लाख ४१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आव २०७९/८० को तुलनामा २४.५२ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यसले ३७ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको थियो । 

    यता, बैंकको नाफा बढेपनि खुद ब्याज आम्दानी भने झिनो अंकले घटेको छ । अघिल्ले आवमा १ अर्ब ९४ करोड रहेको उक्त आम्दानी ०.७४ प्रतिशतले घटेर १ अर्ब ९३ करोड रुपैयाँ कायम भएको छ । 

    यता, बैंकको इम्पेयमेन्ट चार्ज २६.९८ प्रतिशत घटेर ३७ करोड १ लाख रुपैयाँ कायम भएको छ । बैंकको इम्पेयरमेन्ट चार्ज घट्दा नाफा बढेको हो । 

    विवरण अनुसार गत आवमा बैंकले ६७ करोड ७५ लाख ९ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १८.६८ प्रतिशतले बढेको हो । अघिल्लो आवमा बैंकको यस्तो नाफा ५७ करोड ८ लाख ५५ हजार रुपैयाँ थियो । 

    चक्ता पुँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार रुपैयाँ रहेको महालक्ष्मीको जगेडा कोषमा २ अर्ब ३४ करोड ३८ लाख रुपैयाँ जम्मा रहेको छ । यता, यसको वितरणयोग्य नाफा १७ करोड ७१ लाख रुपैयाँ देखिएको छ । 

    बैंकको प्रतिसेयर आम्दानी ११.२७ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ भने १६०.४४ रुपैयाँ छ । एनपीएल ४.५८ प्रतिशत कायम भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार