images
images

शिकागोमा सञ्चालित घुम्ती शिविरबाट चार सय ११ नेपाली लाभान्वित

शिकागोमा सञ्चालित घुम्ती शिविरबाट चार सय ११ नेपाली लाभान्वित

बुधवार, साउन २३ २०८१
बुधवार, साउन २३ २०८१
  • शिकागोमा सञ्चालित घुम्ती शिविरबाट चार सय ११ नेपाली लाभान्वित

    वासिङ्टन डिसी / इलिनोइ राज्यमा बसोबास गर्दै आएका नेपालीलाई राहदानीलगायत सेवा प्रवाह गर्ने लक्ष्यका साथ हालै शिकागो नगरमा सञ्चालित घुम्ती शिविरबाट चार सय ११ जना लाभान्वित भएका छन् ।  

    यहाँस्थित राजदूतावासले नेपाली संलग्न स्थानीय सङ्घसंस्थासँगको समन्वयमा  सञ्चालन गरेको तीनदिने शिविरमा राहदानी सेवा प्रवाह गरिएको थियो ।

    सरकारको निर्देशनअनुसार समय-समयमा दूतावासले विभिन्न राज्यमा यस्ता शिविर सञ्चालन गर्दै आएको छ । 

    सोही राज्यको कार्वोण्डेल विश्वविद्यालयमा स्नातकोत्तर गरिरहेकी बालकोट भक्तपुरकी राजती दाहालले शिकागो शिविरबाट सहज रूपमा सेवा प्राप्त भएकामा प्रशन्नता प्रकट गरे । 

    यसबाट धेरै नेपालीलाई घण्टौँको हवाई यात्रा गरेर  वासिङ्टन पुग्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको बताउँदै उनले नेपाल सरकारप्रति कृतज्ञता व्यक्त गरे ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार