images
images

६ प्रतिशतसम्म झर्यो वाणिज्य बैंकहरुको आधार दर, ऋण लिनेलाई कुन बैंकको ब्याजदर सस्तो ?

६ प्रतिशतसम्म झर्यो वाणिज्य बैंकहरुको आधार दर, ऋण लिनेलाई कुन बैंकको ब्याजदर सस्तो ?

कुन बैंकको ब्याजदर सस्तो ?

बुधवार, साउन २३ २०८१
बुधवार, साउन २३ २०८१
  • ६ प्रतिशतसम्म झर्यो वाणिज्य बैंकहरुको आधार दर, ऋण लिनेलाई कुन बैंकको ब्याजदर सस्तो ?

    काठमाडौँ / वाणिज्य बैंकहरुको आधार दर (बेस रेट) निरन्तर घट्न थालेको छ । वाणिज्य बैंकहरुको आधार दर ६ प्रतिशतसम्म झरेको छ। 

    images
    images

    गत आर्थिक बर्ष २०८०/८१ को वित्तीय विवरण अनुसार हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकबाट एकल अंकको ब्याजदरमा नै कर्जा पाइने अवस्था देखिएको हो । 

    अहिले सबै बैंकको आधार दर एकल विन्दुमा झरेकोले पनि सबै बैंकबाट एकल अंकको ब्याजदरमा नै कर्जा पाउने अवस्था आएको हो। बैंकहरुमा अहिले ७ खर्ब बढीको लगानीयोग्य रकम छ। जसले गर्दा बैंकहरु अत्यन्तै न्युन प्रिमियममा नै कर्जा दिन थालेका छन्।

    कुन बैंकको ब्याजदर सस्तो ? 

    असार मसान्तसम्मको तथ्याङ्क अनुसार एनआइसी एशिया बैंकको आधार दर सबैभन्दा धेरै ९.१९ प्रतिशत छ भने स्ट्यान्डर्ड चाटर्ड बैंकको आधार दर सबैभन्दा कम ६.६ प्रतिशत रहेको छ । 

    यता हिमालयन बैंकको ९.०८ प्रतिशत रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६.७१ प्रतिशत छ।

    यसैगरी एभरेष्ट बैंकको आधार दर ७.२९ प्रतिशत, नबिल बैंकको ७.६३ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७.८२ प्रतिशत, सानिमा बैंकको ७.८३ प्रतिशत र नेपाल बैंकको ७.९७ प्रतिशत छ।

    कुमारी बैंकको आधार दर ८.८९ प्रतिशत छ भने लक्ष्मी सनराइज बैंकको ८.५२ प्रतिशत, प्राइम कमर्शियल बैंकको ८.४९ प्रतिशत, एनएमबि बैंकको ८.४२ प्रतिशत, एसबिआई बैंकको ८.३ प्रतिशत, सिटिजन्स बैंकको ८.२६ प्रतिशत, माछापुच्छ्रे बैंकको ८.२६ प्रतिशत, सिद्धार्थ बैंकको ८.११ प्रतिशत, कृषि विकास बैंकको ८.०९ प्रतिशत, ग्लोबल आइएमई बैंकको ८.०९ प्रतिशत र प्रभु बैंकको ८.०२ प्रतिशत रहेको छ।

    कुन वाणिज्य बैंकहरूको आधार दर कति ? 

    1.PNG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार