images
Logo
images
images
images

बार्षिकोत्सवको अवसरमा गुरु ट्राभल्स्ले ल्यायो आकर्षक कार्यक्रम, कुनकुन सेवाहरू परिमार्जित भए ?

बार्षिकोत्सवको अवसरमा गुरु ट्राभल्स्ले ल्यायो आकर्षक कार्यक्रम, कुनकुन सेवाहरू परिमार्जित भए ?

शुक्रवार, साउन २५ २०८१
शुक्रवार, साउन २५ २०८१
  • बार्षिकोत्सवको अवसरमा गुरु ट्राभल्स्ले ल्यायो आकर्षक कार्यक्रम, कुनकुन सेवाहरू परिमार्जित भए ?

    काठमाडौँ / नेपालकै पहिलो पब्लिक ट्राभल्स कम्पनी गुरु ट्राभल्स दोस्रो बार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ । 

    images
    images
    images
    images

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा टिकेटिङ सेवा, होटल बुकिङ, सवारी साधन बुकिङ, भिसा सहजीकरण सेवा, टुर व्यवस्थापन सेवा तथा अन्य यात्रासँग सम्बन्धित सेवाहरू प्रदान गर्दै आएको कम्पनीले तेस्रो बर्ष प्रवेशको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको हो । कम्पनीमा सय जनाभन्दा बढी संस्थापकहरू रहेका छन् ।

    संस्थागत तर्फ १ हजार २९६ भन्दा बढी र ५ हजार ७०७ जनाले गुरु ट्राभलबाट सेवा लिइसकेको कम्पनीले जनाएको छ ।

    बार्षिकोत्सवको अवसरमा कम्पनीले सञ्चालन गरेका कार्यक्रमहरू

    ‘यात्रामा लगानी गरौँ अवार्ड’ प्रदान 

    यात्रामा लगाइएको पैसा, खर्च होइन कि जीवनमा गरिएको वास्तविक लगानी हो भन्ने अवधारणालाई अबलम्बन गर्दै आएको गुरु ट्राभल्सले यस बर्षदेखि यो अवार्डको सुरुवात गरेको छ ।

    कम्पनीमार्फत सेवा प्राप्त गरी यात्रामा सर्वाधिक रकमको सदुपयोग गर्ने ११ जनालाई कम्पनीले सम्मान स्वरूप इन्भेस्ट अन ट्राभलिङ अवार्ड प्रदान गर्ने भएको छ । 

    परिष्कृत र परिमार्जित भएका विभिन्न सेवाहरू सार्वजनिक गर्ने 

    बार्षिकोत्सवको अवसरमा कम्पनीले अत्याधिक माग रहेको तथा ग्राहक वर्ग सामु प्रख्यात रहेका केहि सेवाहरुमा थप परिमार्जन गरी आकर्षक बनाएको जनाएको छ । 

    यसरी परिमार्जित भएका सेवाहरू केके हुन ? 

    इन्टरनेशनल होलिडे अन्तर्गत 

    – ९ रात १० दिनको युरोपियन हाइलाइट्‌स (युरोप टुर)

    – ७ रात ८ दिनको स्याण्ड टु सी (दुबई बाकु टुर)

    –४ रात ५ दिनको अमेजिंग थाइल्याण्ड

    –४ रात ५ दिनको ड्याजिन्ग दुबई

    – ९ रात १० दिनको कम्बो एसिया (थाइल्याण्ड मलेसिया सिंगापुर)

    – ३ रात ४ दिनको स्पेन्डिड माल्दिम्स

    – ४ रात ५ दिनको म्याजिकल बाली

    – ६ रात ७ दिनको गोल्डेन ट्रीप (भिएतनाम कम्बोडिया)

    –९ रात १० दिनको कैलाश मानसरोवर यात्रा

    – ८ राल ९ दिनको सुप्रेब ल्हासा (तिब्बत)

    डोमेस्टिक होलिडेतर्फ

    – ४ रात ५ दिनको जोमसोम मुक्तिनाथ टुर

    – १ रात २ दिनको गोसाईकुण्ड हेली टुर

    – १ रात २ दिनको सुकुटे बीच टुर

    – ६ रात ७ दिनको लुम्बिनी, चितवन, लुम्बिनी टुर

    – १३ रात १४ दिनको एभरेष्ट बेस क्याम्प टुर 

    – १० रात ११ दिनको अन्नपूर्ण बेस क्याम्प ट्रेक

    – ४ रात ५ दिनको घोरेपानी पुनहिल ट्रेक

    – १ रात र दिनको चिल्लाङ कुलेखानी टुर र

    – ४ रात ५ दिनको मार्दी बेस क्याम्प ट्रेकिंग


    संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै यस बर्षका लागि सिएसआर कार्यक्रम घोषणा  

    गुरु ट्राभल्सले स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै आएको जनाएको छ । 

    यस वर्ष पनि सिएसआर कार्यलाई निरन्तरता दिदै नि गुरु ट्राभल्सको सिएसआर २०८१ अन्तर्गत ३० जना विभिन्न व्यक्तित्वहरूले काठमाडौँ उपत्यकाभित्र रहेका ७ वटा विश्वसम्पदा सुचीकृत गन्तब्यहरू नि:शुल्क भ्रमण गर्न पाउने सुविधा ल्याएको छ ।

    हाल, काठमाडौँ दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, चागुनारायण, स्वयम्भुनाय, बौद्धनाथ र पशुपतीनाथ मन्दिर विश्वासम्पदा सुचिमा सूचीकृत रहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार