images
images

मिटरब्याज पीडितहरूले गरे आर्थिक शोषणविरूद्ध जनजागरण अभियानको शुरुवात

मिटरब्याज पीडितहरूले गरे आर्थिक शोषणविरूद्ध जनजागरण अभियानको शुरुवात

सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • मिटरब्याज पीडितहरूले गरे आर्थिक शोषणविरूद्ध जनजागरण अभियानको शुरुवात
    images
    images

    जनकपुर / मिटरब्याज पीडितहरूले आर्थिक शोषणविरूद्ध जनजागरण अभियानको शुरुवात गरेका छन् । मिटरब्याज विरूद्ध किसान मजदुर आन्दोलन नेपालले सोमबारदेखि जनकपुरधामबाट अभियानको शुरुवात गरेका हुन् । 

    उनीहरुले जनकपुरधाममा विशाल जुलुस निकालेर मुख्यमन्त्री कार्यालय जाने मुख्य सड़कमै मशाल जलाएर अभियानको सुरुवात गरेको घोषणा गरेका छन् ।

    जुलुसमा देशभरिबाट करिब पाचँ हजार बढि मिटरब्यजी पिडित सहभागी भएको  मिटरब्याज विरूद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रिय अध्यक्ष अवधेश कुशवाहाले जानकारी दिए । उनले मिटरब्याजको विरूद्ध आन्दोलनको बिस्तार गर्दै अब यस अभियानलाई देशव्यापी रुपमा लैजाने बताए । 

    अध्यक्ष कुशवाहाले मिटरब्याजको विरूद्ध संसदमा कानून बनेको भए पनि यसको कार्यान्वयनमा ढिलाई भइरहेको र यस मुद्दामा ६० हजार निवेदन परेको भए पनि अहिलेसम्म १० प्रतिशत पनि पीडितहरूको मुद्दा समाधान नभएको गुनासो गरे । 

    उनले राज्यको प्राथमिकतामा मिटरब्याज पीडितहरूको मुद्दा नरहेको र यस अभियान पश्चात पनि सरकारले ठोस कदम नउडाउ आन्दोलनको रूप परिवर्तन गर्ने चेतावनीसमेत दिए ।

    Janakpur miter byaj pidit news.JPG
    उनले देशभर मिटरब्याज पीडितहरू शोषणमै रहेको र मिटरब्याजको समस्यालाई पहिचान गर्न गठन गरिएको कार्यदलले कुनै कार्य परिणाम नदिएको आरोप लगाए । उनले राज्यका निकायहरूले पीडितलाई झनै पीडित बनाएको गुनासो गरेका छन् ।

    यस अभियानको प्रमुख उद्देश्य आम उत्पीडित जनसमुदायलाई संगठित र प्रशिक्षित गर्दै न्यायको निमित्त अन्तिम संघर्ष गर्ने संकल्पका साथ जागरुक पार्नु रहेको उनले बताए । यसले मिटरब्याजी साहु, वित्तीय माफियाहरू, भू–माफियाहरू र यसका संरक्षकहरूको विरूद्ध जनसमुदायलाई सचेत गर्दै स्वतः सशक्त संघर्षमा संलग्न हुने वातावरण सिर्जना गर्ने लक्ष्य लिएको उनले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार