images
images

पाकिस्तानमा बाल दुव्र्यवहारको अवस्था गम्भीर : रिपोर्ट

पाकिस्तानमा बाल दुव्र्यवहारको अवस्था गम्भीर : रिपोर्ट

शुक्रवार, साउन २५ २०८१
शुक्रवार, साउन २५ २०८१
  • पाकिस्तानमा बाल दुव्र्यवहारको अवस्था गम्भीर : रिपोर्ट
    images
    images

    सन् २०२४ को पहिलो छ महिनामा पाकिस्तानमा बाल दुव्र्यवहारका एक हजार ६३० वटा घटना दर्ता भएका स्थानीय गैरसरकारी संस्था साहिलले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ ।

    सन् २०२४ को जनवरीदेखि जुनसम्म ८१ वटा राष्ट्रिय तथा क्षेत्रीय दैनिक पत्रिकामा प्रकाशित तथ्याङ्क अनुसार ८६२ बाल यौन दुव्र्यवहार, ६६८ अपहरण, ८२ बेपत्ता बालबालिका र १८ वटा बालविवाहका घटना दर्ता भएका छन् ।

    यस वर्षमा यौन दुव्यवहारपछि पोर्नोग्राफीका ४८ वटा घटना रेकर्ड गरिएको  प्रतिवेदनमा उल्लेख छ । छ महिनाको तथ्याङ्कमा  रिपोर्ट गरिएका मुद्दामध्ये ५९  प्रतिशत पीडित केटीहरू र बाँकी ४१ प्रतिशत केटाहरू पिडित रहेका छन् ।

    तथ्याङ्क अनुसार ६ देखि १५ वर्ष उमेर समूहका बालबालिका अधिक दुरुपयोगको जोखिममा छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार