images
images

एक बर्षमा नागरिक लगानी कोषले कमायो १ अर्ब १० करोड नाफा, कुल आम्दानी र खर्च कति ?

एक बर्षमा नागरिक लगानी कोषले कमायो १ अर्ब १० करोड नाफा, कुल आम्दानी र खर्च कति ?

आइतवार, साउन २७ २०८१
आइतवार, साउन २७ २०८१
  • एक बर्षमा नागरिक लगानी कोषले कमायो १ अर्ब १० करोड नाफा, कुल आम्दानी र खर्च कति ?

    काठमाडौँ / आर्थिक बर्ष २०८०/८१ मा नागरिक लगानी कोष १ अर्ब १० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

    images
    images

    कम्पनीले सार्वजनिक गरेको गत आर्थिक बर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार एक बर्षको अवधीमा कम्पनीले १ अर्ब १० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो । जुन अघिल्लो आर्थिक बर्ष २०७९/८० को तुलनामा ९.९१ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्ष कोषले १ अर्ब २२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

    समीक्षा अवधिमा कोषको कुल आम्दानी ५.२५ प्रतिशत बढेर १ अर्ब ९२ कारोड ४९ लाख ४० हजार रहेको छ भने कुल खर्च २.७२ प्रतिशतले बढेर ४५ करोड ५ लाख रुपैयाँ पुगेको छ ।

    यता, कोषको ब्याज आम्दानी १९.५५ प्रतिशतले बढेर ४२ करोड २५ लाख ६६ हजार रुपैयाँ पुगेको छ भने सेवा शुल्क तथा कमिशन आम्दानी १.३८ प्रतिशतले बढेर १ अर्ब ४१ करोड १२ लाख रुपैयाँ पुगेको छ ।

    यस्तै, असार मसान्तसम्म कोषको प्रतिशेयर आम्दानी आम्दानी २ रुपैयाँ २८ पैसा घटेर २० रुपैयाँ ७५ पैसामा सिमित हुँदा प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ४५ पैसा पुगेको छ। 

    कम्पनीको चुक्ता पूँजी ५ अर्ब ३१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १८ अर्ब १५ करोड रुपैयाँ सञ्चित छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार