images
images

विमान दुर्घटनामा ठूलो सङ्ख्यामा जनशक्ति गुमाएको सौर्यलाई अर्को झट्का, सकियो सञ्चालन अनुमति

विमान दुर्घटनामा ठूलो सङ्ख्यामा जनशक्ति गुमाएको सौर्यलाई अर्को झट्का, सकियो सञ्चालन अनुमति

आइतवार, साउन २७ २०८१
आइतवार, साउन २७ २०८१
  • विमान दुर्घटनामा ठूलो सङ्ख्यामा जनशक्ति गुमाएको सौर्यलाई अर्को झट्का, सकियो सञ्चालन अनुमति

    काठमाडौँ / दुर्घटनामा विमान मात्रै नभई कम्पनीको ठूलो जनशक्ति गुमाएको सौर्य एयरलाइन्सलाई अर्को झट्का लागेको छ । जनशक्ति अभावका कारण उडान भर्न नपाउने अवस्थामा रहेको सौर्यको सञ्चालन अनुमति सकिएको हो ।  

    images
    images

    उडान सञ्चालन अनुमति (एओसी) अझै वैध रहेको भए पनि सञ्चालन अनुमति भने सकिएको छ । । 

    एओसीका लागि आवश्यक मापदण्ड पूरा गर्न दक्ष जनशक्ति आवश्यक पर्छ । दुर्घटनामा ठूलो जनशक्ति गुमाएको सौर्यले अहिले उडान नै भर्न पाउने अवस्थामा छैन । 

    एओसीको मापदण्ड पूरा गर्न अब सौर्य एयरलाइन्सले दक्ष जनशक्ति भर्ना गर्नुपर्नेछ । 

    अनुमतिपत्रका लागि कम्पनीले भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

    यद्यपि, अनुमति दिने वा नदिने भन्ने विषयमा भने मन्त्रालयले प्राधिकरणलाई सवाल उठाएको छ। गत साउन ९ भएको दुर्घटनामा सौर्यको जनशक्तिसहित १८ जनाको मृत्यु भयो । 

    दुर्घनामा परेका पाइलट भने जिवित छन् । यद्यपि सो दुर्घटनापछि उडान भने प्रभावित भएका छन्।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार