images
images

५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन सेयरधनीलाई आइसीएफसी फाइनान्सको आग्रह

५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन सेयरधनीलाई आइसीएफसी फाइनान्सको आग्रह

आइतवार, साउन २७ २०८१
आइतवार, साउन २७ २०८१
  • ५ वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन सेयरधनीलाई आइसीएफसी फाइनान्सको आग्रह

    काठमाडौँ / आइसीएफसी फाइनान्स लिमिटेडले पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन सम्बन्धीत शेयरधनीलाई आग्रह गरेको छ । 

    images
    images
    images
    images

    कम्पनीले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७४/७५ को नगद लाभांश बुझिलिन आग्रह गरेको हो ।

    कम्पनीले २०७४ /७५ मा कर समेत गरी कुल ८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । सम्बन्धित शेयरधनीहरुले आगामी एक महिनाभित्र कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड नक्साल, काठमाडौँमा सम्पर्क राख्न कम्पनीले आग्रह गरेको छ ।

    कम्पनीले तोकिएको यस अवधिभित्र नगद लाभांश बुझ्न नआए लगानीकर्ता संरक्षण कोषमा सो रकम जम्मा हुने कम्पनीले जनाएको छ । 

    कम्पनीले बोनश शेयर हितग्राही खाता र नगद लाभांश बैंक खातामा जम्मा गरिएकाले हालसम्म पनि हितग्राही खाता खोली बैंक खाता अद्यावधिक नगराएको भए यथाशिघ्र गराई आफ्नो लाभांश प्राप्त गर्न सबैलाई आग्रह समेत गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार