images
images

महालक्ष्मी विकास बैंक र अरेत ईन्टरनेशनलबीच सम्झौता, गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा दिने

महालक्ष्मी विकास बैंक र अरेत ईन्टरनेशनलबीच सम्झौता, गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा दिने

सोमवार, साउन २८ २०८१
सोमवार, साउन २८ २०८१
  • महालक्ष्मी विकास बैंक र अरेत ईन्टरनेशनलबीच सम्झौता, गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा दिने

    काठमाडौँ / महालक्ष्मी विकास बैंक र अरेत ईन्टरनेशनल प्रा.लि.बीच सम्झौता भएको छ ।  

    images
    images

    सम्झौता पत्रमा बैंक र नेपालका लागि टेस्ला, अडी तथा पोर्श गाडीको आधिकारिक आयातकर्ता÷डिलर अरेत ईन्टरनेशनल प्रा.लि. बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

    उक्त सम्झौता अनुसार बैंक मार्फत टेस्ला, अडी तथा पोर्श जस्ता लक्जरी ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गरिने बैंकले जनाएको हो । 

    विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्नेछ । 

    कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पुर्ण शाखा कार्यालयहरु तथा पत्रपत्रिकामा रहेको क्युआर कोड स्क्यान गरेर  समेत आवेदन दिन सक्नेछन् । 

    “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार