images
images

४ अर्ब रुपैयाँ लगानीमा भैरहवामा कजारिया रमेश टायल्स उद्योग, किल्न लाइट अप उद्घाटन

४ अर्ब रुपैयाँ लगानीमा भैरहवामा कजारिया रमेश टायल्स उद्योग, किल्न लाइट अप उद्घाटन

मंगलवार, साउन २९ २०८१
मंगलवार, साउन २९ २०८१
  • ४ अर्ब रुपैयाँ लगानीमा भैरहवामा कजारिया रमेश टायल्स उद्योग, किल्न लाइट अप उद्घाटन

    भैरहवा / भैरहवामा ४ अर्ब रुपैयाँ लगानीमा कजारिया रमेश टायल्स उद्योग खुलेको छ । भारतको अग्रणी टायल निर्माता कम्पनी कजारिया सेरामिक्स लिमिटेडले कजारिया रमेश टायल्स खोलेको हो ।

    images
    images
    images
    images

    उक्त कम्पनीले यसअघि नेपालमा रमेश कर्प सञ्चालन गरिरहेको छ । नवलपरासीस्थित कारखानाले वार्षिक ५१ लाख वर्ग मिटर टायल उत्पादन गर्ने बताइएको छ। कम्पनीले भैरहवामा नयाँ अत्याधुनिक उत्पादन केन्द्रको किल्न लाइट अप (भट्टी प्रज्वलन) उद्घाटन गरेको छ ।  

    कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजारियालगायतको उपस्थितिमा सो भट्टी प्रज्वलनको उद्घाटन गरिएको हो ।

    कार्यक्रममा बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठ र बर्दघाट नगरपालिका वडा नम्बर १२ का अध्यक्ष उमाशंकर चौधरीले कार्यक्रममा सहभागी हुँदै कजारिया रमेश टायल्स लिमिटेड परिवारलाई शुभकामना तथा बधाई प्रदान गरे । 

    सो अवसरमा निर्देशक कजारियाले नेपालबाट कजारिया रमेश टायल्स उत्पादनका निम्ति महत्वपूर्ण कोशेढुंगा पार गरेको बताए। 

    अत्याधुनिक प्रविधिले सुसज्जित कारखानाले कजारिया रमेश टायल्सलाई बजारको माग अनुसार ब्यापक दायरामा उत्पादन गर्ने कम्पनीले जनाएको छ ।

    “उच्च गुणस्तरका टायलहरूको उत्पादनले बजारमा नयाँ युगको सुरुवात हुनेछ,” कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “जसका कारण नेपालमा उच्च गुणस्तरका टायलको माग पूर्तीसँगै मूल्यसहज हुँदा उपभोक्ता समेत लाभमा रहने अपेक्षा कम्पनीले गरेको छ।”

    यसैगरी, कजारिया सेरामिक्स लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक कजारियाले भने, “नेपालमा नयाँ उत्पादन केन्द्र स्थापना भएको प्रति हामी निकै गौरवान्वित भएका छौँ ।”

    अत्याधुनिक प्लान्ट नवीनता र गुणस्तरप्रतिको प्रतिबद्धता भएको बताउँदै कजारिया रमेश टाइल्सका अध्यक्ष प्रतीक जलानले देशको पूर्वाधार विकासमा योगदान गर्न सक्षम भएको जिकिर गरे । 

    Kajariya tayal uddhog.JPG

    “हामी हाम्रो नयाँ उत्पादन कारखानाको सफल उद्घाटनबाट अत्यन्त हर्षित छौँ ।” उनले भने, “यो विस्तार हाम्रो वृद्धि र विश्वस्तरीय टायल प्रदान गर्ने प्रतिबद्धताको प्रमाण हो । मुलुकको अर्थतन्त्रलाई सहयोग गर्दै टायलमा आत्मनिर्भर हुने लक्ष्यको पहिलो प्रक्रिया पार गरेका छौँ।”

    स्थानीय कच्चा पदार्थ प्रयोग गरेर टायल्स उत्पादन गरी नेपाललाई टायलमा आत्मनिर्भर बनाउने महत्वाकांक्षा लिएको कम्पनीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार