images
images

'गिरीबन्धु, भुटानी शरणार्थी, डेडिकेटेड ट्रंक लाइन र सहकारी ठगलाई कारबाही हुनैपर्छ'

'गिरीबन्धु, भुटानी शरणार्थी, डेडिकेटेड ट्रंक लाइन र सहकारी ठगलाई कारबाही हुनैपर्छ'

मंगलवार, साउन २९ २०८१
मंगलवार, साउन २९ २०८१
  • 'गिरीबन्धु, भुटानी शरणार्थी, डेडिकेटेड ट्रंक लाइन र सहकारी ठगलाई कारबाही हुनैपर्छ'

    काठमाडौँ / नेपाली कांग्रेसका सांसद गगन थापाले गिरीबन्धु, भुटानी शरणार्थी, डेडिकेटेड ट्रंक लाइन र सहकारी ठगलाई कारबाही हुनुपर्ने बताएका छन् । 

    images
    images
    images
    images

    प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले गिरीबन्धु टी–स्टेट, नक्कली भुटानी शरणार्थी काण्ड, बिजुली बक्यौता र सहकारी ठगीबारे अनुसन्धान गरेर कारबाही हुनुपर्ने बताएका हुन् । 

    ‘सरकार फेरियो कुरा फेरिन्छ? फेरिन्न। यो सदनमा हामी पनि छौं। हामी सत्ता पक्ष र प्रतिपक्षमा बस्दा फरक कुरा गर्दैनौं। सत्तामा बस्दै गर्दा गिरीबन्धु देख्दै नदेख्ने, डेडिकेटेड ट्रंक लाइन देख्दै नदेख्ने, बसेर सहकारी मजाले ठग्ने ? प्रतिपक्षमा बसेपछि सबै देख्ने होइन,’ उनले भने, ‘हामी उता बस्दा पनि त्यही हो यता बस्दा पनि त्यही हो। गिरीबन्धु, भुटानी, डेडिकेटेड ट्रंक लाइन र सहकारीमा ठगलाई पनि अनुसन्धान गर्नैपर्छ।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार