images
images

हवाई क्षेत्रमा समस्या देखिएको छ, सुरक्षित बनाउन नियामक र सेवा प्रदायक छुट्याउनुपर्छ : सोबिता गौतम

हवाई क्षेत्रमा समस्या देखिएको छ, सुरक्षित बनाउन नियामक र सेवा प्रदायक छुट्याउनुपर्छ : सोबिता गौतम

मंगलवार, साउन २९ २०८१
मंगलवार, साउन २९ २०८१
  • हवाई क्षेत्रमा समस्या देखिएको छ, सुरक्षित बनाउन नियामक र सेवा प्रदायक छुट्याउनुपर्छ : सोबिता गौतम

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले नेपालको हवाई क्षेत्रमा गम्भीर समस्या देखिएको बताएकी छन् ।

    images
    images
    images
    images

    मंगलबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै उनले हवाई क्षेत्रलाई सुरक्षित बनाउन नियामक र सेवा प्रदायक छुट्याउने विधेयक छिटो अगाडि बढाउनुपर्ने बताएकी हुन् । 

    ‘मन्त्रालय सम्हालेका मन्त्रीहरूलाई पटकपटक सोधेको छु। नेपाल हवाई उड्डयन क्षेत्रलाई सुरक्षित बनाउन लागि नागरिक उड्ययन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायमा कहिले छुट्टयाउनुहुन्छ, विधेयक कहिले ल्याउनुहुन्छ ? भनेर । तर मन्त्रीहरू पटकपटक फेरिनुभयो विधेयक संसदमा आएको छैन,’ उनले भनिन्।

    साउन २३ गते नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो । साउन ९ गते त्रिभुवन विमानस्थलभित्रै जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।

    आफूले नेपालको हवाई क्षेत्रको यात्रा सुरक्षित गर्नुपर्ने भनेर संसदमा ६ पटक बोलिसकेको उल्लेख गर्दै उनले हवाई क्षेत्रलाई सुरक्षित बनाउन नियामक र सेवा प्रदायक छुट्याउने कानुन बनाउनुपर्ने बताइन् । यो विषय सम्बन्धित मन्त्रीलाई भनेको तर, विधेयक संसदमा नआएको भन्दै सरकारको ध्यानाकर्षण गरिन् ।

    ‘मन्त्रीहरु पटक पटक फेरिनुभयो तर, विधेयक संसदमा आएको छैन’ उनले भनिन् । नेपालको नियामक निकायको रेगुलेटरी फेलियर भएको उनले बताइन् ।

    विमानस्थल निर्माण गर्न प्रस्ताव आउने बनाउने गरेको तर, हवाई यात्राको सुरक्षाका लागि पर्याप्त खर्च गर्न नसकिरहेको बताइन् ।

    इयुको कालोसूचीमा पर्नु, आइकाओले अडिटमा एकदमै कम नम्बर दिनुले पनि नेपालको हवाई क्षेत्रको रेगुलेटरी फेलियर भइसकेको देखाउने उनले बताइन् ।

    यति एयरलाइन्सको दुर्घटनाअघिको पाइलट र कोपाइलटको अडियो सार्वजनिक भएको र त्यसमा त्यसमा लापरवाही भएको प्रष्ट सुन्न सकिने उनले बताइन्।

    ‘कतिजना हवाइ यात्रुहरूले विमानमा ज्यान गुमाउनुपर्ने हो ? नेपालको नियामक निकायको रेगुलेटरी फेल भएको प्रष्टसँग देखिएको छ। मन्त्रीज्यूले हवाइ उड्डयनलाई सुरक्षित बनाउन के गर्नुपर्ला भनेर सुझाव पनि माग्नुभएको रहेछ। सांसद सुमना श्रेष्ठले सुझाव पनि दिनुभएको छ। नेपालको सन्दर्भ विमानस्थल विस्तार निर्माण भएका छन्। तर उड्ययन क्षेत्रको नियमनका लागि हामीले प्राविधिकरूपले गर्नुपर्ने खर्च गरिरहेका छैनौं,’ उनले भनिन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार