images
images

बाल चित्रकथा ‘हार्मोनियमको धुन’ प्रकाशित, मनोवैज्ञानिक असरलाई कथामा प्रस्तुत

बाल चित्रकथा ‘हार्मोनियमको धुन’ प्रकाशित, मनोवैज्ञानिक असरलाई कथामा प्रस्तुत

मंगलवार, साउन २९ २०८१
मंगलवार, साउन २९ २०८१
  • बाल चित्रकथा ‘हार्मोनियमको धुन’ प्रकाशित, मनोवैज्ञानिक असरलाई कथामा प्रस्तुत

    काठमाडौँ / ललिता ‘दोषी’द्वारा लिखित बालचित्रकथा ‘हार्मोनियमको धुन’ सार्वजनिक भएको छ । 

    अभिभावकले आफ्ना बालबालिकाको इच्छा नबुझ्दा तिनमा पर्ने मनोवैज्ञानिक असरलाई कथाले सरल रूपमा प्रस्तुत गरेको छ ।

    यो दिदीबहिनी आयुषा र अनुपमाको कथा हो । पढाइसँगै गीत गाउन सिपालु आयुषालाई बुवाले बढी नै मायाँ गर्छन् र हार्मोनियमको धुनसँगै गीत गाउन सिकाउँछन् । 

    तर, अनुपमाको पढाइ राम्रो नभएकाले उनीप्रति बेवास्ता गरिदिन्छन् । उनको उपेक्षाले अनुपमामा बिस्तारै बेचैनी र निराशा बढ्दै जान्छ । 

    पढाइमा दिएको दबाबले उनी खाना पनि राम्रोसँग खाँदिनन् । यो कुरा थाहा पाएकी आमाले उनलाई हरेक साँझ बाहिर लिएर जान्छिन् । यसमा पनि बुवाले शंका गर्दै उनलाई लिएर नजान दबाब दिन्छन् । 

    एक दिन स्कुलमा गीत प्रतियोगिता हुन्छ, जहाँ अनुपमाले अप्रत्याशित नतिजा निकाल्छिन् । के उनी विजयी भइन् होला ? अनि आमाले हरेक साँझ उनलाई कहाँ लगेकी रहिछन् ? यस्तै जिज्ञासाले पनि कथा रोचक बनेको छ । 

    सबै बालबालिकामा कुनै न कुनै प्रतिभा हुन्छ र त्यसलाई बुझेर अभिभावकले हौसला दिनुपर्छ भन्ने सन्देश कथाले दिएको छ । 

    यो कथा पाँच वर्ष वा माथिका बालबालिकाका लागि पढेर सुनाउन, पुस्तकबारे छलफल गर्न तथा सात वर्षमाथिका बालबालिकाले आफै अध्ययन गर्न सक्नेछन् । 

    कृष्णदीप सिग्देलले सम्पादन गरेको कथामा विनिता बुद्धाचार्यका चित्रले आकर्षण थपेका छन् । कथाकार ‘दोषी’ लामो समयदेखि कथा लेखन क्षेत्रमा सक्रिय छिन् । 

    नेपालीमा स्नातकोत्तर उनका बाल साहित्यका सहित ३० भन्दा बढी पुस्तक प्रकाशित भइसकेका छन् । २०६३ सालमा प्रकाशित उनको पहिलो पुस्तक नै बालकथाको थियो । 

    उनी कथाका अलावा नाटक, बालगीत, कविता, मुक्तक र गजल पनि लेख्छिन् । पुस्तक कथालय इन्कले प्रकाशन गरेको हो । 

    २४ पृष्ठ रहेको पुस्तकको मूल्य दुई सय रुपैयाँ रहेको छ । यस  बाहेक  उनका बालकथा र लोककथा संग्रह पनि कथालय बाट प्रकाशित छन् 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार