images
images

सानिमा बैंकका ग्राहकहरूले रिभरसाइड स्प्रिङ्गस रिसोर्टमा विशेष छुट पाउने

सानिमा बैंकका ग्राहकहरूले रिभरसाइड स्प्रिङ्गस रिसोर्टमा विशेष छुट पाउने

बुधवार, साउन ३० २०८१
बुधवार, साउन ३० २०८१
  • सानिमा बैंकका ग्राहकहरूले रिभरसाइड स्प्रिङ्गस रिसोर्टमा विशेष छुट पाउने

    काठमाडौँ / सानिमा बैंक लिमिटेडका ग्राहकहरूले रिभरसाइड स्प्रिङ्गस रिसोर्ट प्रा.लि.मा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्गका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न रिभरसाइड स्प्रिङ्गस रिसोर्टसँग छुटको व्यवस्था गरेसँगै ग्राहकहरूले छुट सुविधा पाउने भएका हुन् ।  

    images
    images
    images
    images

    सानिमा बैंकको सानिमा भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग एप (क्यूआर स्क्यान) प्रयोग गरी डिजिटल भुक्तानी गर्दा रिभरसाइड स्प्रिङ्गस रिसोर्टका विभिन्न सेवाहरूमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।

    बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ ।  

    सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरू तथा १२४ वटा एटिएमहरू सञ्चालनमा रहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार