images
images

एक बर्षमा हिमालयन रिको नाफा ९७.६४ प्रतिशतले बढ्यो, प्रतिसेयर नेटवर्थ १५४.२६ रुपैयाँ हुँदा अन्य सूचकको अवस्था कस्तो ?

एक बर्षमा हिमालयन रिको नाफा ९७.६४ प्रतिशतले बढ्यो, प्रतिसेयर नेटवर्थ १५४.२६ रुपैयाँ हुँदा अन्य सूचकको अवस्था कस्तो ?

बिहिवार, साउन ३१ २०८१
बिहिवार, साउन ३१ २०८१
  • एक बर्षमा हिमालयन रिको नाफा ९७.६४ प्रतिशतले बढ्यो, प्रतिसेयर नेटवर्थ १५४.२६ रुपैयाँ हुँदा अन्य सूचकको अवस्था कस्तो ?
    images
    images

    काठमाडौँ / आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा  हिमालयन–रि इन्स्योरेन्सले १ अर्ब २८ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

    कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीले एक बर्षको अवधीमा १ अर्ब २८ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । यो नाफा अघिल्लो आर्थिक बर्ष २०७९/८० को सोही अवधीको तुलनामा ९७.६४ प्रतिशतको बढोत्तरी भएको हो । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले ६४ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

    समीक्षा वर्षमा कम्पनीले ५ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ८२.७५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २ अर्ब ९८ करोड ६८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

    समीक्षा वर्षमा कम्पनीले ५ अर्ब ८१ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीले ३ अर्ब २९ करोड ९८ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ७६.०७ प्रतिशतले बढेको छ।

    यता, गत आर्थिक वर्षमा शेयरपुँजी १० अर्ब ४० करोड रुपैयाँ भएको कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ९ करोड ७३ लाख रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड १० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५६ करोड ४३ लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड ७४ लाख रुपैयाँ रहेको छ। 

    अघिल्लो आर्थिक वर्षसम्म कम्पनीको स्पेसल रिजर्भमा ४५ करोड ५५ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४ करोड ९६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४२ करोड ७६ लाख रुपैयाँ र अन्य इक्विटीमा १ करोड ८१ लाख रुपैयाँ थियो। कम्पनीको शेयर प्रिमियममा ३ अर्ब १८ करोड रुपैयाँ रहेको छ।

    कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १२.३४ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस ८.८४ रुपैयाँ थियो। पीई रेसियो ४७.१५ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १५४.२६ रुपैयाँ रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार