काठमाडौँ / साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घटेको छ भने चाँदी २० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको हो । बिहीबार भने सुन प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँ रहेको थियो ।
यता, सुनको भाउ प्रतितोला १ हजार ७ सय ६० रुपैयाँ कायम भएको छ । यसअघि भने चाँदी १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएकोमा आज बढेको हो ।