images
images

कामना सेवा विकास बैंकद्वारा प्रशान्ति टोल विकास संस्थालाई गमला हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा प्रशान्ति टोल विकास संस्थालाई गमला हस्तान्तरण

आइतवार, भदौ २ २०८१
आइतवार, भदौ २ २०८१
  • कामना सेवा विकास बैंकद्वारा प्रशान्ति टोल विकास संस्थालाई गमला हस्तान्तरण

    काठमाडौँ / कामना सेवा विकास बैंक लिमिटेडले शाखा कार्यालय दमक, झापामार्फत प्रशान्ति टोल विकास संस्थालाई ६३ थान गमला हस्तान्तरण कार्य सम्पन्न गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गमला हस्तान्तरण गरेको हो ।

    images
    images

    प्रशान्ति टोल विकास संस्थाको साधारण सभा अन्र्तगत  संस्थाले एक स्वच्छ वातावरण कायम गर्ने लक्ष्य लिई ‘प्रत्येक घरको अगाडि एक गमला एक बिरुवा रोपन’ भन्ने उद्देश्यमा कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत सो गमला हस्तान्तरण कार्य सम्पन्न गरेको छ ।

    बैंकका कोशी क्षेत्रका प्रमुख मोहन दत्त खनालले सो गमला उक्त संस्थाको अध्यक्ष ज्ञान बहादुर कार्कीलाई हस्तान्तरण गरेका छन् ।
     
    उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गमला हस्तान्तरण गरेकोमा बैंकलाई धन्यवाद ज्ञापन गर्नुका साथै आयोजना गरिएको कार्यक्रम सकरात्मक रहेको बताए । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरू तथा संस्थाका महानुभावहरूको उपस्थिती रहेको थियो ।

    यससँगै बैंकले आगामी दिनहरूमा समेत सरोकारवालाहरूको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरूलाई निरन्तरता दिने छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार