images
images

एभरेष्ट बैंकको बानेश्वर शाखा स्थानान्तरण, अब सम्पूर्ण कारोबार आफ्नै भवनबाट हुने

एभरेष्ट बैंकको बानेश्वर शाखा स्थानान्तरण, अब सम्पूर्ण कारोबार आफ्नै भवनबाट हुने

बुधवार, भदौ ५ २०८१
बुधवार, भदौ ५ २०८१
  • एभरेष्ट बैंकको बानेश्वर शाखा स्थानान्तरण, अब सम्पूर्ण कारोबार आफ्नै भवनबाट हुने

    काठमाडौँ / एभरेष्ट बैंक लिमिटेडको काठमाडौँ महानगरपालिका–१०, नयाँ बानेश्वरमा रहेको शाखा आफ्नै भवनमा सरेको छ । बुधबार एक विशेष कार्यक्रमको आयोजना गरी बैंकले बानेश्वर शाखालाई साविकको स्थानबाट करिब १५० मिटर पश्चिम आफ्नै नवनिर्मित अत्याधुनिक सुविधा सम्पन्न भवनमा सरेको हो । 

    बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यले उद्घाटन गरेको उक्त  समारोहमा अध्यक्ष डा. वैद्यले बैंक विश्वासको सहयात्री भएको साथ साथै नयाँ बानेश्वर र सो आसपासका बासिन्दाहरुलाई सरल, उत्कृष्ट, अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गरे । 

    साथै सो अवसरमा बैंकले एकै स्थानबाट सम्पूर्ण डिजिटल प्रविधि चलाउन मिल्ने ‘डिजिटल संसार’को सुभारम्भ गरेको छ । 

    उक्त डिजिटल संसारमा, बैंकिङ्ग क्षेत्रको हाल सम्मकै अत्याधुनिक प्रणाली जडित उपकरण माफर््त ग्राहकवर्गलाई डिजिटल सेवा दिने व्यवस्था गरेको र उक्त स्थानको सुरुवातसंगै ग्राहकहरुले एकै स्थानबाट खाता खोल्ने, नगद कारोबार गर्ने, चेक डिपोजिट गर्ने साथ साथै सेवा सम्बन्धी गुनासो सम्म डिजिटल प्रविधि प्रयोग गरी गर्न सक्ने व्यवस्था रहेको छ । 

    पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंकमा १४ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६६ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एस्एम्एस् बैकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार