images
images

पाकिस्तानी संसद्‌ भवनमा मुसा आतङ्क, महत्त्वपूर्ण फाइलहरू नष्ट, बार्षिक १२ लाख भन्दा बढी खर्च

पाकिस्तानी संसद्‌ भवनमा मुसा आतङ्क, महत्त्वपूर्ण फाइलहरू नष्ट, बार्षिक १२ लाख भन्दा बढी खर्च

बुधवार, भदौ ५ २०८१
बुधवार, भदौ ५ २०८१
  • पाकिस्तानी संसद्‌ भवनमा मुसा आतङ्क, महत्त्वपूर्ण फाइलहरू नष्ट, बार्षिक १२ लाख भन्दा बढी खर्च

    पाकिस्तानको संसद भवन भित्र मुसाले आतङ्क मचाउँदा महत्त्वपूर्ण फाइलहरू नष्ट भएका छन्।

    राष्ट्रिय सभाका प्रवक्ता जफर सुल्तानका अनुसार संसद भवनमा मुसाहरूले महत्त्वपूर्ण फाइलहरू नष्ट गरिदिँदा समस्या उत्पन्न भएको छ।

    उनले सन् २००८ मा भएको बैठकको रेकर्डका लागि फाइलको खोजी गर्दा मुसाले उक्त फाइलसहित अन्य महत्त्वपूर्ण फाइलहरू पनि नष्ट गरेकोबारे थाहा भएको बताए।

    बीबीसीका अनुसार पाकिस्तानी संसद भवनमा देखिएको मुसाको समस्या समाधानका लागि बर्सेनि १२ लाख पाकिस्तानी रुपैयाँ विनियोजन गर्ने गरिन्छ। तर, समस्या भने जस्ताको त्यस्तै रहेको छ।

    संसद भवनको पहिलो तल्लामा मुसाको आतङ्क बढी रहेको बताइएको छ। जहाँ विपक्षी दलका सांसदहरूको कार्यालय रहेको छ। दिउँसोको समयमा मुसा नदेखिए पनि रातिको समयमा उनीहरूले आतङ्क मचाउने गरेको राष्ट्रिय सभाका प्रवक्ता जफरले बताए।

    उनले मुसा नियन्त्रणका लागि विज्ञापन निकालिएको पनि जानकारी दिए। जसमा २ वटा कम्पनीले मात्रै रुची देखाएका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार