images
images

मकवानपुरमा भैँसीले मार्‍यो बाघ !

मकवानपुरमा भैँसीले मार्‍यो बाघ !

बिहिवार, भदौ ६ २०८१
बिहिवार, भदौ ६ २०८१
  • मकवानपुरमा भैँसीले मार्‍यो बाघ !

    मकवानपुर/ मनहरी गाउँपालिका–६ प्रतापुरमा एक जंगली बाघ मृत अवस्थामा फेला परेको छ। बिहान करिब ३ः१५ बजे स्थानीय बल बहादुर राईको गोठमा यो घटना भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ।

    प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा बाघ वृद्ध अवस्थाको रहेको र भैँसीसँगको सङ्घर्षमा त्यसको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। 

    बाघ र भैँसी जुधेपछि घरधनीका साथै उनका छिमेकीले थाहा पाएका थिए । उनीहरू गोठमा पुग्दा बाघ मरिसकेको र भैँसी घाइते अवस्थामा भेटिएको बताइएको छ ।

    गर्धनसहित शरीरका केही भागमा चोट लागेपनि भैँसीको अवस्था सामान्य रहेको छ। 

    घटनास्थल चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने भएकाले आज बिहान करिब ६ः१५ बजे निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले मृत बाघलाई आफ्नो नियन्त्रणमा लिएको छ।

    प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस घटनाले वन्यजन्तु र मानव बस्तीबिचको द्वन्द्वको जोखिम बढाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार