images
images

महालक्ष्मी विकास बैंक र जेबी अटोमोटिभ कम्पनीबिच सम्झौता, टाटा ब्रान्डका गाडी किन्दा ९.९९ प्रतिशतमै कर्जा

महालक्ष्मी विकास बैंक र जेबी अटोमोटिभ कम्पनीबिच सम्झौता, टाटा ब्रान्डका गाडी किन्दा ९.९९ प्रतिशतमै कर्जा

बिहिवार, भदौ ६ २०८१
बिहिवार, भदौ ६ २०८१
  • महालक्ष्मी विकास बैंक र जेबी अटोमोटिभ कम्पनीबिच सम्झौता, टाटा ब्रान्डका गाडी किन्दा ९.९९ प्रतिशतमै कर्जा

    काठमाडौँ / महालक्ष्मी विकास बैंक र जेबी अटोमोटिभ कम्पनीबिच सम्झौता भएको छ । महालक्ष्मी विकास बैंकमार्फत टाटा ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने गरी उक्त सम्झौता भएको हो । 

    समझदारी पत्रमा बैंक र नेपालका लागि टाटा गाडीको डिलर जे.बी अटोमोटिभ कम्पनी प्रा.लिबिच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । 
    सम्झौता अनुसार टाटा गाडी खरिद गर्न इच्छुक ग्राहकहरूले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् । 

    विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधि रहने गरी भ्याट बिल वा कोटेशन मूल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्नेछ । 

    कर्जा लिन चाहने ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरू, सम्पूर्ण शाखा कार्यालयहरू तथा पत्रपत्रिकामा रहेको क्युआर कोड स्क्यान गरेरसमेत आवेदन दिन सक्नेछन् ।

    qr.JPG
     
    ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरू र करिब ७ लाख ग्राहकहरू रहेका छन् । 

    साथै मिति गत पुस २८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रूपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार