images
images

मध्यपश्चिम विश्वविद्यालयको १५ औं सभाको बैठक बालुवाटारमै, कुलपति तथा प्रधानमन्त्री ओलीले के भने ?

मध्यपश्चिम विश्वविद्यालयको १५ औं सभाको बैठक बालुवाटारमै, कुलपति तथा प्रधानमन्त्री ओलीले के भने ?

मंगलवार, भदौ ११ २०८१
मंगलवार, भदौ ११ २०८१
  • मध्यपश्चिम विश्वविद्यालयको १५ औं सभाको बैठक बालुवाटारमै, कुलपति तथा प्रधानमन्त्री ओलीले के भने ?

    मध्यपश्चिम विश्वविद्यालय (मपवि) को १५ औं सभाको बैठक प्रधानमन्त्रीको निजी सचिवालय बालुवाटार, काठमाण्डौंमा  सम्पन्न गरेको छ । 

    सभाको बैठक बस्न प्रधानमन्त्री निवास बालुवाटारमा उक्त सभामा विश्वविद्यालयका कुलपति समेत रहेका के.पी. शर्मा ओलीले  मध्यपश्चिम विश्वविद्यालयले भौतिक एवं शैक्षिक क्षेत्रमा प्रगति गर्दै समग्र कर्णाली प्रदेश र देशको शैक्षिक विकासमा उल्लेख्य भूमिका निर्वाह गरेको कुरा सुनाए । विश्वविद्यालयमा २०७४ सालपछि कुनै पनि नयाँ दरबन्दी स्वीकृत  भएको छैन । विभिन्न समस्यै समस्याहरुले विश्वविद्यालयको गति मन्द भएको छ । तर, कुलपतिको पगरी ओगटेर बसेका प्रधानमन्त्री ओलीले समस्या समाधानको बाटो देखाउनु भन्दा पनि सभामा उपस्थित व्यक्तिहरुलाई आस्वासनको पोको सहित प्रशंसा गरेर पठाएका छन् । 

    सभामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका सहकुलपति विद्या भट्टराई कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री यामलाल कंडेल विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारी माननीय सांसद माननीय पूर्व मन्त्री राष्ट्रिय योजना आयोगका  सदस्य मपवि सेवा आयोगका अध्यक्ष तथा सदस्य,  अर्थ मन्त्रालयका सचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव लगायत विश्वविद्यालयका सभासद लगायतको उपस्थिति रहेको थियो ।
    । 

    madhyapachim.JPG

    उनले कर्णालीको प्राकृतिक, मौलिक, सांस्कृतिक र समग्र स्रोत साधनको उच्चतम उपयोग गर्दै मध्यपश्चिम विश्वविद्यालय अध्ययन, अध्यापन र अनुसन्धानको केन्द्रको रुपमा आफ्नो भूमिका खेल्नु पर्ने कुरा उल्लेख गरेका थिए । 

    साथै, विश्वविद्यालयमा रहेका चुनौती र समस्या प्रति सरकार र आफु गम्भिर  हुनुका साथै उचित सामाधानतर्फ आफ्नो ध्यान केन्द्रित रहेको कुरा व्यक्त गरेका थिए । 

    विश्वविद्यालयको पन्ध्रौं सभामा स्वागत मन्तव्य र विश्वविद्यालयको नीति तथा कार्यक्रम मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले प्रस्तुत गरेका थिए । 

    नयाँ दरबन्दी स्वीकृत नहुँदा समस्याः 

    साथै उनले  विश्वविद्यालयमा २०७४ सालपछि कुनै पनि नयाँ दरबन्दी स्वीकृत नभएको तर २०७४ साल यता थुप्रै कार्यक्रम तथा विषयहरु थपिएको र विद्यार्थी संख्या बढेको भए पनि थप दरबन्दी स्वीकृत नहुँदा आवश्यक दरबन्दी बिना नै आवश्यक पर्ने प्रावधिक जनशक्ति तथा अन्य जनशक्ति उत्पादन गर्ने कार्यमा अत्यन्तै कठिनाई भएकोले आवश्यक दरबन्दी स्वीकृती कार्यादेशका लागि सम्माननीय प्रधानमन्त्री तथा कुलपतिलाई अनुरोध गरेको छ । 

    रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेलले सभाको संचालन गरेका थिए । आ.व. २०८१/ ०८२ को बजेट तथा कार्यक्रम सम्बन्धी प्रस्ताव पेश गरेका थिए । 

    सभामा आ.व. २०८१ /०८२ को प्रस्तावित बजेट सहितको कार्यक्रम सम्बन्धी प्रस्ताव तथा मपवि आर्थिक–प्रशासनिक नियमावली संशोधन सम्बन्धी प्रस्ताव पेश गरिएको थियो । 

    सभामा प्रस्तुत गरिएका सम्पूर्ण प्रस्तावहरु सर्वसम्मतिले पारित भएको जनाएको छ । 

    विश्वविद्यालयको १५ औं सभाको समापन शिक्षा मन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका सहकुलपति विद्या भट्टराईले गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार