images
images

नाडा अटो शोमा केइ को ३ ओटा मोडल सार्वजनिक, यस्ता छन् फिचरहरु

नाडा अटो शोमा केइ को ३ ओटा मोडल सार्वजनिक, यस्ता छन् फिचरहरु

मंगलवार, भदौ ११ २०८१
मंगलवार, भदौ ११ २०८१
  • नाडा अटो शोमा केइ को ३ ओटा मोडल सार्वजनिक, यस्ता छन् फिचरहरु

    नेपालको लागि केइ अटोमोबाइल्स को आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटी ले आज NADA Auto Show 2024 को पहिलो दिन आफ्नो स्टल नं H-16 बाट माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल बाट आफ्नो ३ ओटा मोडल सार्वजनिक गर्दै बूकिङ्ग खुल्लाएको छ ।

    images
    images

     यी तीन मोडल e-Qute 02, e-Qute 04 र इलेक्ट्रीक X3 Pro EV रहेका छन् ।

    e-Qute 02 मोडल दुई भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ,जस्मा २०० कि.मी रेन्ज दिने भेरिएन्टलाई १९ लाख ९६ हजार मुल्य कायम गरिएको छ भने ३०० कि.मी भेरिएन्टको मूल्य  २२ लाख ९६ हजार रहेको छ ।

    E-Qute 02 मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ ।

    त्यसै गरी e-Qute 04, ३०० कि.मी  रेन्ज को मूल्य २४ लाख ९६ हजार छ । E-Qute 04 मा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ । 

    nadaa.JPG

    त्यसै गरी तेस्रो मोडल X3 Pro EV इलेक्ट्रीक एसयूभी, डिलक्स र फ्ल्यागसिप भेरिएन्ट उपलब्ध छ । डिलक्स भेरिएन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ । यसमा ५३.६ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क २८० एनएम छ । 

    यस NADA स्पेसल अफर अन्तर्गत केइ गाडी को खरिद मा ग्राहक ले ७।३ किलोवाट को वाल माउन्टेड चारजर, साथै १ वर्षको लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

     नाडा अटो शोमा केइ अटोमोबाइल्स को स्टलमा भाद्र ११ देखी भाद्र १६ गते सम्म हुने NADA Auto show मा आएर केई ब्रान्ड र नाडामा लन्च गरिएको केइका गाडीहरु को बारे जानकारी लिन लक्ष्मी ई मोबिलिटी सबैलाई गरेको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार