images
Logo
images
images
images

पन्च इभि : नेपालमा बिक्री सुरु गरेको पहिलो दिनमै सयभन्दा बढी बुकिङ्ग, ‘नाडा अटो शो’पछि मूल्य बढ्ने

पन्च इभि : नेपालमा बिक्री सुरु गरेको पहिलो दिनमै सयभन्दा बढी बुकिङ्ग, ‘नाडा अटो शो’पछि मूल्य बढ्ने

बुधवार, भदौ १२ २०८१
बुधवार, भदौ १२ २०८१
  • पन्च इभि : नेपालमा बिक्री सुरु गरेको पहिलो दिनमै सयभन्दा बढी बुकिङ्ग, ‘नाडा अटो शो’पछि मूल्य बढ्ने

    काठमाडौँ / टाटा इभि नाडा अटो शो २०२४ मा बिक्री सुरु गरेको टाटा पन्च इभिको नेपालमा उत्साहजनक सुरुवात भएको छ । बिक्री सुरु गरेको पहिलो दिनमै नेपालभरी एक सय प्लस बुकिङ्ग भएको कम्पनीले जनाएको छ ।

    images
    images
    images
    images

    कम्पनीले केही दिन अघिबाट टाटा पन्च इभिको प्रि-बुकिङ्ग सुरु गरिसकेको थियो । टाटा पन्च इभी सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरिएको हो । 

    panch ev.JPG

    यो मूल्य नाडासम्मलाई मात्र रहेको र पछि बढ्ने कम्पनीले जनाएको छ । साथै नाडामा गाडी किन्ने ग्राहकहरुलाई सिप्रदीको चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्गको पनि घोषणा गरेको छ ।  

    सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापति बताउछन्, “टाटा पन्च इभिलाई लिएर नेपालमा जुन प्रकारको उत्साह थियो, त्यो बुकिङ्गमा पनि देखिएको छ । विगतमा पनि टाटा मोटर्सले सधैँ नेपाली जनताको चाहअनुसारको गाडीहरु ल्याउन सफल भएको छ र यो पन्च इभिको सकारात्मक सुरुवात देखेर यसमा सफल भएको महसुस गरेका छौँ। गत वर्ष नाडाबाटै बिक्रि सुरु गरिएको टियागो इभि नेपालको सर्वाधिक बिक्रि हुने इभि ह्याचब्याक बन्न सफल भएको थियो र पन्च इभिले पनि नेपालमा राम्रो बजार लिनेमा हामी विश्वस्त छौँ ।”

    tata.JPG

    यसको साथै टाटा इभि नाडा अटो शो २०२४ टियागो इभिको हरेक बुकिङ्गमा ग्राहकहरूले जोडीको लागि थाइल्यान्ड यात्रा पाउनका साथै ग्राहकहरुले १ वर्षको सवारी कर र एक्सेसरिज प्राप्त गर्नेछन् ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार