images
images

महालक्ष्मी विकास बैंक र पायोनियर मोटो कर्पबिच सम्झौता, निसान ब्रान्डका गाडी खरिदमा ९.९९ प्रतिशतमै कर्जा

महालक्ष्मी विकास बैंक र पायोनियर मोटो कर्पबिच सम्झौता, निसान ब्रान्डका गाडी खरिदमा ९.९९ प्रतिशतमै कर्जा

बिहिवार, भदौ १३ २०८१
बिहिवार, भदौ १३ २०८१
  • महालक्ष्मी विकास बैंक र पायोनियर मोटो कर्पबिच सम्झौता, निसान ब्रान्डका गाडी खरिदमा ९.९९ प्रतिशतमै कर्जा

    काठमाडौँ / महालक्ष्मी विकास बैंकमार्फत निसान ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने भएको छ । बैंक र नेपालका लागि निसान गाडीको आयातकर्ता पायोनियर मोटो कर्प प्रा.लिबिच भएको उक्त समझदारी अनुसार निसान ब्राण्डका गाडी खरिदका लागि ग्राहकहरूले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउने भएका हुन् । 

    images
    images

    विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्नेछ । 

    कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पुर्ण शाखा कार्यालयहरु तथा पत्रपत्रिकामा रहेको क्युआर कोड स्क्यान गरेर  समेत आवेदन दिन सक्नेछन् । 

    ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।

    साथै २०८० पुस २८ मा सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार