images
images

नामीको ‘भाटभटेनीमा नामीसँग रमाइलो क्रिसमस’ योजना : सर्प्राइज गिफ्टदेखि टेस्ट ड्राइभको मौका

नामीको ‘भाटभटेनीमा नामीसँग रमाइलो क्रिसमस’ योजना : सर्प्राइज गिफ्टदेखि टेस्ट ड्राइभको मौका

मंगलवार, पुस ९ २०८१
मंगलवार, पुस ९ २०८१
  • नामीको ‘भाटभटेनीमा नामीसँग रमाइलो क्रिसमस’ योजना : सर्प्राइज गिफ्टदेखि टेस्ट ड्राइभको मौका
    images
    images

    काठमाडौँ / क्रिसमसको अवसरमा नामीले देशभरका ग्राहकहरूलाई भाटभटेनी सुपर मार्केटमा रोमाञ्चक सर्प्राइजको अनुभव प्रदान गर्ने भएको छ । 

    कम्पनीले डिसेम्बर २३ देखि २५ (सोमबारदेखि बुधबार) सम्म , काठमाडौँ उपत्यका र डिसेम्बर २५ मा उपत्यका बाहिरका भाटभटेनीहरूमा आउने ग्राहकहरूलाई लक्षित गरी नामीसँग क्रिसमसमा रमाइलो गर्ने अवसर ल्याएको हो । 

    सो अवधिमा ग्राहकहरूले सान्ता क्लॉसलाई भेट्ने, सर्प्राइज उपहारहरू प्राप्त गर्ने र बिग ह्याच विथ फाइभ स्टार लक्जरी, नामीको टेस्ट ड्राइभ गर्ने मौका पाउनेछन्। ‘अ जोइफुल क्रिसमस एट भाटभटेनी विथ नामी’ सोमबारदेखि नै सुरु भइसकेको छ । 

    काठमाडौँ उपत्यकाभित्र भक्तपुर, कोटेश्वर, सानागाउँ र टोखाका भाटभटेनी सुपर मार्केटमा उक्त योजना डिसेम्बर २५ सम्म चल्नेछ। 

    डिसेम्बर २५ (बुधबार) मा  काठमाडौँ उपत्यका बाहिर विस्तार भएर नेपालका प्रमुख शहरहरूका भाटभटेनी स्थानहरू वीरगन्ज, विराटनगर, चितवन, पोखरा, र बुटवलमा समेत ग्राहकहरूले यस्को अनुभव लिन पाउने कम्पनीले जनाएको छ । 

    काठमाडौँ उपत्यका बाहिर पनि यसमा सहभागीहरूले सान्ता क्लॉसलाई भेट्ने अवसरहरू र विशेष सर्प्राइज उपहारहरू प्राप्त गर्न पाउनेछन् । 

    यसबाहेक, ग्राहकहरूले द बिग ह्याच नामीको टेस्ट ड्राइभ गरी यसका लक्जरियस  फिचर्स्हरू आफैं अनुभव गर्न सक्नुहुनेछन्। कम्पनीले नामीसँग टेस्ट ड्राइभ र सरप्राइजको रमाइलो उत्सवमा सहभागी हुन आग्रह गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार